
निष्काशनमा परेपछि रामकुमारी झाँक्रीले लेखिन् – ‘बगाएर लाने भो माया तिमीलाई बालै फरर…’
एमालेबाट कारबाहीमा परेकी नेत्री रामकुमारी झाँक्रीले यसखालको निर्णयले आफूलाई केही फरक नपर्ने बताएकी छिन् ।

उनले कारबाहीलाई हल्का रुपमा लिँदै सामाजिक सञ्जालमा व्यंग्यात्मक रुपमा भनेकी छिन्, ‘देउरालीको चौतारीमा हावा सरर, बगाएर लाने भो माया तिमीलाई बालै फरर…’

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले स्थायी समिति बैठकले वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल र उनीसहित ११ नेतालाई पार्टीबाट निष्काशन गर्ने निर्णय गरेको थियो ।
झाँक्रीले एमाले अध्यक्ष ओलीको चर्को विरोध गर्दै आएकी छिन् ।
कारबाहीपछिको उनको पोस्टमा एमालेको विवादलाई जोडेर विभिन्न प्रतिक्रिया आएका छन् ।
पूर्व सभामुखसँग परामर्श गर्दै सभामुख अग्नि सापकोटा
प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले पूर्व सभामुखसँग परामर्श गर्दैछन् ।
संघीय संसद सचिवालयमा दिउँसो १ बजेका लागि छलफल डाकिएको नेपाली कांग्रेसका नेता एवं पूर्व सभामुख रामचन्द्र पौडेलले जानकारी दिए ।
यही जेठ ८ गते प्रधानमन्त्री केपी शर्मा ओलीले दोश्रो पटक गरेको प्रतिनिधि सभा विघटन लगायत समसामयिक बिषयमा बैठकमा छलफल हुने सभामुख सापकोटाको सचिवालयले जनाएको छ ।
२०४८ साल यता दमननाथ ढुङ्गाना, रामचन्द्र पौडेल, तारानाथ रानाभाट, सुवास नेम्वाङ, ओनसरी घर्ती, कृष्णबहादुर महरा पूर्व सभामुख रहेका छन् ।
छलफलमा सभामुख सापकोटाले उनीहरुबाट सल्लाह सुझाव लिने बुझिएको छ ।



