माधव नेपालसहित एघार जनालाई एमालेको तीन प्रश्न

नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपाल सहित एघार जनालाई २४ घण्टे स्पष्टीकरण पत्र पठाएको छ । केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले २४ घण्टाभित्र स्पष्टीकरण दिन पत्र पठाएका हुन् ।

स्पष्टीकरण पत्रमा तीन प्रश्न सोधिएको छ । पहिलो, २७ वैशाखको प्रतिनिधिसभा बैठकमा अनुपस्थित रहनुको कारण ? एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रस्ताव राखेको उक्त बैठकमा माधव नेपाल समूहका २८ सांसद अनुपस्थित थिए । यद्यपि त्यसपछि ओली र नेपालबीच तीन पटक (३० र ३१ वैशाख, २ जेठ) वार्ता भएको थियो भने दुवै पक्षका नेताहरु सम्मिलित कार्यदल बनेको छ ।

तर स्पष्टीकरणमा भने २७ वैशाखमा विश्वासको मत नदिने गरी अनुपस्थित हुनुको कारण सोधिएको छ ।

दोस्रो प्रश्न राष्ट्रियसभा उपनिर्वाचनबारे सोधिएको छ । ‘सूर्य चिन्ह लिएर मैदानमा उत्रिएका रामबहादुर थापा बादललाई मतदान नगर्नुको कारण सोधिएको छ’ केन्द्रीय कार्यालय सचिव तामाङले भने ।

तेस्रो प्रश्न भने ७ जेठमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरिएको बारेमा सोधिएको छ । ‘पार्टीको नेतृत्वमा सरकार हुँदाहुँदै विपक्षी दलको नेतालाई प्रधामन्त्री बनाउन हस्ताक्षर किन गरिएको भनेर सोधिएको छ’, तामाङले भने ।

एसईई भौतिक उपस्थितिमै गर्ने सम्भावना न्युन छ : शिक्षामन्त्री श्रेष्ठ

शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्री कृष्णगोपाल श्रेष्ठले यो वर्षको एसईई परीक्षा भौतिक रुपमा गर्ने सम्भावना न्युन रहेको बताएका छन् । उनले यसको विकल्पका विषयमा छलफल भइरहेको बताए ।

एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको ज्ञापनपत्र बुझ्दै मन्त्री श्रेष्ठले एसईई र कक्षा १२ को परीक्षाको विषयमा मन्त्रालयले यही महिनाभित्र निर्णय लिने बताए ।

उनले आर्थिक वर्ष २०७८–०७९ मा शिक्षा क्षेत्रमा बजेट बढ्न सक्ने बताए । ‘तपाईंहरुले शिक्षामा २० प्रतिशत बजेट आवश्यक रहेको उल्लेख गर्नुभएको छ । सरकारले यो विष्यायमा सोच विचार गरिरहेको छ उनले ज्ञापनपत्र बुझाउन आउने विद्यार्थीहरुलाई भने ।

अनेरास्ववियुले ज्ञापनपत्रमा विद्यालय तहको परीक्षा वैकल्पिक विधिबाट तत्काल सम्पन्न गरी असार १ गतेदेखि नया शैक्षिकसत्र शुरु गर्न माग गरेको छ ।

त्यस्तै सबै विद्यार्थीको पहुँच पुग्ने गरी अनलाइन माध्यमबाट नियमित पठनपाठन सुनिश्चित गर्नुपर्ने, भौतिक उपस्थितिमा पढाइ नहुँदासम्मको अवधिको शिक्षण शुल्क मिनाहा गर्नुपर्नेलगायतको माग राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button