माधव नेपाल पक्षका यि ३० सांसदले देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै गरे हस्ताक्षर (नाम सूची सहित)

नेकपा एमालेको विवाद चरम उत्कर्षमा पुगेको बेलामा आफ्ना पक्षमा सांसदहरु पार्न एमालेका दुवै पक्ष अहिले कम्मर कसेर लागेका छन् । खासगरी एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीवाट हटाउन र काँग्रेस सभापति शेरबहादुर देउवालाई संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै माधव नेपाल पक्षका ३० सांसदले हस्ताक्षर गरेका छन् ।

यस अघि १९ र त्यस पछि २७ जना हस्ताक्षर गरेको बताइएको थियो । अहिले त्यो संख्या बढेर ३० पुगेको छ । माधव नेपाल अन्य सांसदहरुलाई पनि मनाउने प्रयासमा छन् ।
माधव नेपाल पक्षीय सांसद निरादेवि जैरूले देउवालाई प्रधानमन्त्री बनाउनुपर्छ भन्दै हस्ताक्षर गर्ने नेपाल पक्षका सांसद ३० पुगेको बताएकी छन् । आइतवार २१ सांसदले हस्ताक्षर गरेका थिए । सोमवार थप ९ सांसदले हस्ताक्षर गरेको उनको दावी छ ।

यसरी देउवाको पक्षमा हस्ताक्षर गर्नेहरुमा विरोध खतिवडा, जीवनराम श्रेष्ठ, घनश्याम भुसाल, सोमप्रसाद पाण्डे, कृष्णलाल महर्जन, झपट रावल, निरादेवि जैरू, सरला यादव, कल्याणी खड्का, लक्ष्मी चौधरी, माधव नेपाल, भीम रावल, कलिला खातुन, रामकुमारी झाँक्री, झलनाथ खनाल, पुष्पा कर्ण कायस्थ, भवानी प्रसाद खापुङ, यज्ञ सुनुवार, पवित्रा निरौला, मुकुन्द न्यौपानेलगायत ३० जना रहेका छन् ।

सोमवार हस्ताक्षर गर्नेमा मेटमणि चौधरी, दिपक प्रकाश भट्ट, नारायण खतिवडालगायत रहेका छन् । यसअघि देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै राष्ट्रपतिलाई बुझाइएको हस्ताक्षरमा नेपाल पक्षका २७ सांसदले हस्ताक्षर गरेकोमा यो संख्या अहिले थपिएको हो।

अहिले माधव नेपाल पनि सिंहदरबारमा पुगेकासर्वोच्च अदालतमै बहुमत प्रस्तुत गरेर देउवालाई प्रधानमन्त्री बनाउने मागसहितको रिट विपक्षी गठबन्धनले तयार पारेका छन् । रिट सोमवार दायर हुनेछ।

उपत्यकामा निषेधाज्ञामा थप कडाइ हुँदै, कसैलाई घरबाहिर निस्कन नदिने लगाएत तरकारी पसल पनि बन्द हुन सक्ने

महामारी रोकथामका लागि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एकसाता थप्ने तयारी भएको छ । भाइरस संक्रमणदर र मानवीय आवतजावत पनि नघटेकाले एक साता थप्ने तयारी भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारीले जानकारी दिए ।

मंगलबार बस्ने उपत्यकास्थित तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका सीडीओहरुको बैठकले निषेधाज्ञा थप्ने निर्णय गर्नेछ । साथै, थप आदेशहरु जारी गर्ने तयारीमा जिल्ला प्रशासनहरु छन् । दोस्रो लहरको संक्रमणको भयावह अवस्थालाई मध्यनजर गर्दै काठमाडौं उपत्यकामा निषेधाज्ञालाई जारी राखिने भएको हो।

जेठ १३ पछि निषेधाज्ञा अवधि एक हप्ता थप्ने कि भन्ने सोच रहेको तर भोलि मंगलबार छलफलपछि मात्रै यस विषयमा निर्णयमा पुगिने उनले बताए। गत वैशाख १६ देखि काठमाडौं उपत्यकामा लगातार निषेधाज्ञा लागू छ। सुरुमा एक हप्ता निषेधाज्ञा जारी गरेका तीन जिल्लाका प्रशासन कार्यालयले दुईपटक अवधि थपेर जेठ १३ सम्म लम्ब्याएका हुन्।

उनका अनुसार अब काठमाडौं उपत्यकामा थपिने एक साताको निषेधाज्ञा थप कडा हुनेछ। विशेषगरी तरकारी पसलहरूमा बिहानको समय एकदमै बढी भिडभाड हुन थालेकाले त्यसलाई कसरी व्यवस्थित गर्ने विषयमा छलफल भइरहेको उनले बताए।

‘तरकारी पसल एक साताका लागि बन्द गर्ने हो वा यहाँ हुने भिडभाड कसरी व्यवस्थापन गर्ने हो भन्ने विषयमा छलफल भइरहेको उनले बताएका छन्। तरकारी तथा खाद्यान्न पसल बिहान १० बजेसम्म खुल्ने गरेका थिए।

‘अध्यादेशमा उल्लेख भएका प्रावधानलाई कार्यान्वयनमा लैजाँदै अत्यावश्यक कामबाहेक घरबाहिर निस्कन नदिने, अनावश्यक हिँड्डुल गर्नेलाई होल्डिङ गर्ने र मास्क नलगाउनेलाई जरिवाना गर्ने कुरालाई कडाइका साथ कार्यान्वयन गरिनेछ’ सीडीओ पराजुलीले भने ।

निषेधाज्ञालाई थप कडाइ बनाउने तयारीमा जिल्ला प्रशासनहरु छन् । गृह मन्त्रालयले शनिबार तीनैवटा सुरक्षा निकाय र सबै जिल्ला प्रशासनलाई परिपत्र गर्दै मानिसहरुलाई घर बाहिर निस्कन नदिन र निषेधाज्ञालाई कडाइ गर्न निर्देशन दिएको थियो । अहिले जारी भएको काठमाडौं उपत्यकाको निषेधाज्ञा जेठ १३ गते मध्यरातमा सकिँदैछ ।

सीमा नाकामा भि डन्त, एक सशस्त्र प्रहरी र ८ भारतीय व्यापारी घाइते

महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–८ स्थित नेपाल–भारत सीमा नाकामा गए राति भी ड न्त हुँ दा एक सशस्त्र प्रहरी र आठ भातरीय व्यापारी घाइते भएका छन्। मटिहानीमा अवस्थित २ नम्बर बोर्डरमा रहेको ढाट (घेराबेरा) र कोरोना परीक्षणका लागि बनाइएका सहायता कक्षसमेत भारतीयहरूले तो डफो ड गरी ह टा एका छन्।

बोर्डर आउट पोष्ट (बिओपी) मटिहानीका प्रहरी निरीक्षक बलराम गौतमका अनुसार गए राति करिब ८ बजे ५०/६० भारतीयले म दि रा खा एर ए क्कासि २ नम्बर बोर्डरमा खटिएका प्रहरीहरूमाथि ढु ङ्गा मु ढा ग रे का थिए। करीब आधा घण्टासम्म भारतीयहरूले गरेको ढु ङ्गा मु ढाबाट ड्युटीमा खटेका सशस्त्र प्रहरी जवान विवेक ढकालको टा उमा ग म्भी र चो ट ला गे को छ  ।

यता भारतीय व्यापारीका अनुसार बिओपी मटिहानीका प्रहरी निरीक्षक गौतमले कोरोनाको अवधिमा पनि आफूहरुसँग मोटो रकम लिएर लाइन (तस्करी गर्ने इजाजत) दिएकामा गए राति ८ बज्नासाथ भारतबाट आलु, प्याज, चामललगायतका वस्तुहरु नेपाल ल्याउन शुरु गरेका व्यापारीमाथि बोर्डरमा खटिएका सशस्त्र प्रहरीले रो क ल गा उँदै ला ठी चा र्ज ग रे का थिए ।

यता भारतीय व्यापारीका अनुसार बिओपी मटिहानीका प्रहरी निरीक्षक गौतमले कोरोनाको अवधिमा पनि आफूहरूसँग मोटो रकम लिएर लाइन (तस्करी गर्ने इजाजत) दिएकामा गए राति ८ बज्नासाथ भारतबाट आलु, प्याज, चामललगायतका वस्तुहरू नेपाल ल्याउन सुरु गरेका व्यापारीमाथि बोर्डरमा खटिएका सशस्त्र प्रहरीले रो क ल गाउँदै ला ठी चा र्ज ग रेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
1

सम्बन्धित समाचार

Back to top button