प्रधानमन्त्री नियुक्तिको आधार ठहर गर्ने राष्ट्रपतिको अधिकारवारे कतै उजुरी लाग्दैन, ४ जना मान्छेको अतृप्त भोगले अहिलेको अवस्था आयो

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिले संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री नियुक्त गर्दा अपनाएको आधारवारे कतै उजुरी नलाग्ने बतएका छन् । उनले त्यो राष्ट्रपतिको अधिकार भएको बताएका छन् ।

आइतबार बालुवाटारमा आयोजित कार्यक्रममा उनले धारा ७६ (५) को प्रधानमन्त्री नियुक्ति राष्ट्रपतिको स्वविवेकीय अधिकार हो भन्दै त्यसविरुद्ध प्रश्‍न गर्न नपाइने बताएका हुन् ।

‘संविधानमा राष्ट्रपतिको स्वविवेकीय अधिकार प्रयोग गर्ने यो मात्रै ठाउँ हो । यसविरुद्ध कहीँ उजुरी लाग्दैन, कहीँ हेरफेर गर्न मिल्दैन’ ओलीले भने ।

प्रधानमन्त्री केपी ओलीले संसद विघटन पछि पहिलो पटक पत्रकार सम्मेलन गर्दै यस्तो दावी गरेका हुन् । शुक्रबार मध्यरातमा हठात रुपमा प्रतिनिधिसभा दोस्रो पटक विघटन भएपछि चौतर्फी आलोचना भइरहेका बेला प्रधानमन्त्री ओलीले पत्रकारसँगको अन्तरक्रिया राखेका हुन् ।

ओलीले आफूलाई असफल पार्न विपक्षीले राष्ट्रपति समक्ष दूषित कागज पेश गरिएको आरोप लगाएका छन् । दलिय अनुशासन तोडेर व्यक्तिगत नाच नाचेको आरोप उनले लगाएका छन् । उनले आफ्ना विरोध गरिरहेका ४ जना नेताको अतृप्त भोगको महंत्वकांक्षले अहिलेको अवस्था आएको बताए ।

उनले देश र जनता प्रति इमान्दार रहनेहरुलाई आग्रह गर्छु केही मान्छेका लहडवाजीका लागि देशलाई बर्वाद हुन नदिउँ ।

उनले नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमालेका माधवकुमार नेपाल र जसपाका डा बाबुराम भट्टराईलाई संकेत गर्दै यस्तो भनेका हुन् ।

जो धेरै पटक प्रधानमन्त्री भइसकेका छन् उनीहरुको अतृत्व महत्वकांक्षले देशलाई बर्बादी तर्फ धकेलेको आरोप लगाए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले धारा ७६ (५) अनुसारको प्रधानमन्त्री नियुक्तिका लागि दिएको समयमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १४९ सांसदको हस्ताक्षरसहित दावी पेश गरेका थिए ।

त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमालेको १२१ र जनता समाजवादी पार्टीको ३२ जना गरी १५३ सांसदको समर्थन रहेको दावी पेश गरेका थिए ।

तर राष्ट्रपतिले दुबैको आधार नपुगेको भन्दै धारा ७६ (५) को प्रधानमन्त्री नियुक्ति गर्न अस्वीकार गरेकी थिइन् । प्रधानमन्त्री ओलीले राष्ट्रपतिको अधिकार नमान्ने, पद, प्रतिष्ठा र मर्यादा नमान्ने प्रवृत्ति देखिएको बताए ।

एक साता शुन्य मृत्यु भएको भक्तपुर फेरी भयावह बन्दै : प्रत्येक ४ घन्टामा एक संक्रमितको मृत्यु

जेठको पहिलो साता सम्म मृत्यु शुन्य रहेको भक्तपुरमा पुनः संक्रमितको निरन्तर मृत्यु हुन थालेको छ । स्वास्थ्य कार्यालय भक्तपुरको तथ्यांकले यहाँ प्रत्येक ४ घन्टामा एकजना संक्रमितको मृत्यु भएको देखिएको छ ।

परिक्षण गरिएकाहरुमा पनि ९० प्रतिशत भन्दा माथि पोजेटिभ देखिएको छ । पछिल्लो ४८ घन्टामा १२ संक्रमितको मृत्यु भएको छ ।

सूर्यविनायक नपाका ३ महिला र २ पुरुष गरी ५ संक्रमितको मृत्यु भयो । भक्तपुर नपाका २–२ जना महिला र पुरुष गरी ४ जना संक्रमितले ज्यान गुमाए ।

त्यस्तै मध्यपुर थिमि नपाका एकएक महिला र पुरुष गरी २ जना तथा चाँगुनारायण नपाका एक महिला संक्रमितको मृत्यु भएको छ । गएको जेठ २ गते देखि यता एक साता सम्म संक्रमितको मृत्यु भएको थिएन ।

कार्यालयका प्रमुख कृष्ण मिजारले भक्तपुरमा गएको आइतबार एकसय ८८ जना नयाँ संक्रमित थपिँदा कुनै पनि संक्रमितको मृत्यु भएको थिएन । भक्तपुरमा वैशाख २८ गते अहिलेसम्मकै सबैभन्दा बढी ९ जना संक्रमितको मृत्यु भएको थियो। त्यस यता संख्या घट्दै गएको थियो ।

तर पछिल्लो ४८ घण्टा यता लगातार मृत्यु भइरहेको छ । भक्तपुरका नपाका ३७ पुरुष र २५ महिला गरी ६२ संक्रमितको मृत्यु हुँदा सूर्यविनायक नपाका ३७ पुरुष र २१ महिला गरी ५८ जनाले ज्यान गुमाएका छन् ।

यहाँ सबैभन्दा कम चाँगुनारायण नपाका १६ जना पुरुष र ८ जना महिला गरी २४ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालय प्रमुख मिजारले जानकारी दिए ।

भक्तपुरमा पछिल्लो समय डिस्चार्ज हुने संक्रमितको संख्या बढेको छ । स्वास्थ्य कार्यालयका प्रमुख मिजारले शनिबार २८३ जना नयाँ संक्रमित थपिँदा ४२९ जना डिस्चार्ज भएको बताए ।

तर समग्रमा भक्तपुरका कुल संक्रमितमध्ये ७६ प्रतिशतमात्रै डिस्चार्ज भएका छन् । जसअनुसार ७ हजार ६३७ जना पुरुष र ६ हजार १४२ जना महिला गरी १३ हजार ७७९ जना संक्रमित डिस्चार्ज भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button