
प्रधानमन्त्री ओलीले गरे संसद विघटनको संकेत, मंसिरमा मध्यावधि निर्वाचन !
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्ने घोषणा गरेका छन् । उनले संसद विघटन गरेर अब मंसिरमा निर्वाचन गर्ने बताएका छन् । उनले शुक्रवार वालुवाटारमा पत्रकार सम्मेलन गर्दै यस्तो बताएका हुन् । मलाई आज विश्वासको मत दिनुस् होइन भने ओलीले संसद विघटन गर्यो भन्न पाइने छैन । देश अब निर्वाचन तर्फ उन्मुख भयो ।

उनको यस्तो भनाई पछि पत्रकारले पनि मुलुक अब मध्यावधि निर्वाचनमा गएको हो ? भनेर प्रश्न गर्दा उनले आफुलाई काम गर्ने वातावरण नै नदिएका कारण यस्तो अवस्था आएको बताए । महामारीको समयमा कसरी निर्वाचन हुन्छ ? मंसिरमा पनि मध्यावधि निर्वाचन भएन भने के हुन्छ ? भन्दा ओलीको जवाफ थियो, यो कुरा म संग भन्दा पनि प्रतिपक्षका मित्रसंग सोध्नुपर्छ ।

उहाँहरुले महामारी देख्नुभएको छ की छैन । मेरो विरोध मात्र देख्नुभएको छ । म संग संद्धान्तिक तवरले १२१ सिट छ बाँकी त अरुसंग छ । मैले मात्र जवाफ दिनुपर्ने करिब डेढ सय सिट भएकाले अपजस लिन पर्दैन ? १५० वालाले न आफु सरकार बनाउँछ न मलाई काम गर्न दिन्छ ।
प्राक्टिकल्ली हेर्नेे हो भने त म संग ९३ मात्र रहेछ । पार्टीलाई ह ला ल गर्ने २७ जना पनि म संग छ । ९३ भएको बबुरो लाई ह म ला गर्ने सरकारका विरुद्धमा खुलेको एमाले सहित १७७ सिट विपक्षमा भएकाले जिम्मेवार लिनु पर्दैन ? सक्नुहुन्छ भने मलाई समर्थन गरेर सरकार बचाउनुहोस् उनले भने ।



