कांग्रेसको आकस्मिक बैठकले गर्यो यस्तो निर्णय

राष्टपतिले नयाँ सरकार गठनका लागि गरेको आह्वान असंवैधानिक भएको ठहर नेपाली काँग्रेसले गरेको छ ।

२४ घण्टाको समय दिएर राष्ट्रपतिले विहिवार नयाँ सरकार गठनको आह्वान गरेपछि शुक्रवार विहान आकस्मिक रुपमा बसेको कांग्रेसको बैठकले यस्तो ठहर गरेको हो ।

त्यस्तै सरकारले संविधानको मर्म र भावनामाथि प्र हा र गरेको निष्कर्ष पनि बैठकले निकालेको छ ।

काँग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा शुक्रवार विहान आकस्मिक बसेको पार्टी पदाधिकारीलगायतका बैठकले सरकारले संविधानको मर्म र भावनामाथि प्र हा र गरेको ठहर गरेको सहमहामन्त्री प्रकाशशरण महतले जानकारी दिए ।

बैठक पछि पत्रकारहरुसंग कुरा गर्दै नेता महतले अबकसरी अघि बढ्ने भन्नेमा अरु दलसँग छलफल गरेर थप निर्णय लिइने बताए । ‘ओली सरकारबाट संविधानको मर्म र भावनामाथि प्र हा र गर्ने कोशिस भएको छ। त्यसलाई हामी सफल हुन दिँदैनौँ’, उनले भने, ‘अब कुन बाटो तय गर्दा ठीक हुन्छ अरु दलसँग पनि छलफल गरेर अघि बढ्छौँ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनको प्रक्रिया सुरु गर्न संविधानको धारा ७६९५० अनुसार गरेको आह्वान संविधान विपरित भएको भन्दै सर्वोच्च अदालतमा रिट पुगेको छ ।

अधिवक्ता सन्तोष भण्डारीलगायतले राष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय र स्वयम् प्रधानमन्त्री ओली समेतलाई विपक्षी बनाएर रिट दायर गर्नका लागि अदालतमा पेश गरेका हुन् । रिट दर्ता हुने प्रक्रियामा रहेको सर्वोच्च अदालत स्रोतले जनाएको छ ।

पुनः ह्वातै घट्यो कुखुराको मासुको मुल्य

बजारमा कुखुराको मासुको खपत घटेसँगै मूल्य पनि घट्न थालेको छ । एक महिनाअघि प्रतिकेजी ४ सय ५० रुपैयाँ रहेको मासुको मूल्य अहिले केजीमा एक सय रुपैयाँभन्दा बढी घटेको हो ।

अहिले बजारमा प्रतिकिलो ३३० देखि ३४० रुपैयाँमा झरेको छ । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि गरिएको निषेधाज्ञासँगै बजारमा मासुको खपत घट्दै गएको हो । खपत घटेसँगै मूल्य पनि घटेको छ ।

राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघ नेपालका अध्यक्ष जंगबहादुर बिसीले निषेधाज्ञासँगै बजारमा कुखुराको मासुको मूल्य घटेर ३ सय ४० रुपैयाँमा झरेको बताए । कोरोना संक्रमण बढ्दै गएपछि मासुको खपत घटेपछि मूल्य पनि घट्दै गएको उनको भनाइ छ । कोभिडका कारण होटेल रेस्टुराँ बन्द भएको र उपभोग नै कम हुन थालेपछि मासुको खपत घट्दै गएको हो ।

संघका अनुसार सामान्य अवस्थामा दैनिक ३ लाखदेखि साढे ३ लाख किलो मासु खपत हुने उपत्यकामा हाल ८० देखि ९० हजार किलोमात्रै खपत भइरहेको छ । कोरोना संक्रमण नियन्त्रण गर्नका लागि १६ वैशाखदेखि उपत्यकामा निषेधाज्ञा भएको थियो ।

उपत्यकामा सञ्चालित ठूला होटलदेखि रेस्टुराँ बन्द भएसँगै खपतमा पनि ठूलो गिरावट आएको छ । मासु पसल बिहान १० बजेसम्म मात्र खुला हुने भएकाले पनि खपत घट्दै गएको व्यवसायीको भनाइ छ ।

संघले गत महिनामात्रै कुखुराको मासुको मूल्य हालसम्म्मकै उच्च तोकेको थियो । कुखुराको दानाको मूल्य, चल्लाको मूल्य तथा प्यारेन्टको कमीका कारण मूल्य बढेको जनाउँदै आएको संघले कोरोना महामारी फैलिएसँगै भने मासुको मूल्य घटाइरहेको छ ।

संघका अनुसार बजारमा उत्पादन बढी र सोहीअनुसार खपत कम भएपछि यसको मूल्य बाध्यतावस घटाउनु परेको हो ।

गत वर्षको कहरसँगै नेपालमा कुखुराको चल्लाको प्यारेन्ट अभाव भएपछि चल्लाको मूल्य एकाएक अकासिएको व्यवसायीहरूले बताउँदै आएका थिए । त्यही आधारमा उनीहरूले मासुको मूल्य पनि बढाएका थिए । कोभिडका कारण अघिल्लो वर्ष आधाले मासुको मूल्य घटेको थियो ।

यसैबीच, कोभिडका कारण खसीको मासुको खपत पनि ह्वात्तै घटेकाले मूल्यसमेत घटेको छ । कोभिडअघि प्रतिकेजी १४ सय रुपैयाँ रहेको खसीबोकाको मासु अहिले घटेर १३ सय रुपैयाँमा झरेको छ ।

बजारमै खपत घटेकाले मूल्य पनि घटेको व्यवसायीको भनाइ छ । सामान्य अवस्थामा उपत्यकामा दैनिक ७ देखि ८ सय संख्यामा खसीबोका खपत हुने गरेकोमा अहिले ह्वात्तै घटेको व्यवसायी दिपक थापाले जानकारी दिए । यो समाचार कारोबार दैनिकमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
1

सम्बन्धित समाचार

Back to top button