उडीरहेको विमान भित्र एयर होस्टेजलाई जबरजस्ती काखमा राख्न खोज्ने पाइलटको जागीर चट

एजेन्सी । उडीरहेको विमान भित्र एयर होस्टेजलाई जबरजस्ती काखमा राख्न खोज्ने पाइलटको जागीर चट भएको छ ।

यस्तो हर्कत स्पाइसजेट एयरलाइन्सका एक पाइलटले गरेका हुन् ।

बोइंग ७३७ जहाजको ककपिटमा लगेर जबरजस्ति काखमा बस्न लगाएपछि उनी वर्खास्तिमा परेका हुन् ।

कोलकत्ताबाट बैंकक फ्लाइटको जहाजका पाइलटले एयरहोस्टेजलाई ककपिटमा बोलाएर काखमा बस्न लगाएको अन्तराष्ट्रिय संचार संस्थाहरुले उल्लेख गरेका छन् ।

ति पाइलटले उडीहरेको बिमान भित्र एयरहोस्टेजमाथि यौन शोषण मात्रै नगरी यात्रुहरुको जीउ धनमाथी समेत खेलवाड गर्न खोजेको आरोप लगाइएको छ ।

अन्तराष्ट्रिय मिडियाका अनुसार ति पाइलटलाई कडा भन्दा कडा कारबाहि हुने अनुमान गरिएको छ ।

कपाल नहुनेलाई खुशिको खबर, अब नेपालमै तीन हजार रौँ तीन दिनमै प्रत्यारोपण गर्न सकिने

काभ्रेपलाञ्चोकको धुलिखेलमा आजदेखि कपाल प्रत्यारोपणसम्बन्धी दुईदिने कार्यशाला गोष्ठी सुरु भएको छ ।

नेपालभरका ३० जना छाला तथा चर्मरोग विशेषज्ञहरुको सहभागिता रहेको उक्त गोष्ठीमा कपाल प्रत्यारोपण विधिबारे छलफल गरिनाका साथै सैद्धान्तिक र व्यावहारिक ज्ञान दिइने छ ।

तालुपना तथा कपाल खुइलिने समस्यालाई ध्यानमा राखेर धुलिखेल अस्पतालले विगत छ महिनाको अवधिमा करिब ६० जनामा कपाल प्रत्यारोपण गरेको छाला तथा चर्मरोग विशेषज्ञ डा धर्मेन्द्र कर्णले जानकारी दिनुभयो ।

तीन हजार रौँ प्रत्यारोपण गर्नुछ भने तीन दिन लाग्ने नत्र एक दिनमै भ्याउन सकिने उहाँको भनाइ छ । त्यसका लागि कम्तीमा रु ५०० देखि तीन हजार ५०० सम्म खर्च हुन्छ ।

कपाल बढी भएको ठाउँबाट एक–एक गरी निकालेर नभएको ठाउँमा रोपिने (एफयुटी) विधि र टाउको पछाडिको कपाल छालैसमेत काटेर निकाली नभएको ठाउँमा रोपिने (एफयुई) विधिमार्फत कपाल प्रत्यारोपण गरिन्छ ।

डा कर्णले कपालको प्रत्यारोपण छाला रोग विशेषज्ञले मात्रै गर्नुपर्ने र प्रत्यारोपणबाट झन्डै चार महिनाको अवधिमा सन्तोषजनक परिणाम आउने बताउनुभयो ।

उहाँका अनुसार रौँमात्रै निकालेर गरिने कपाल प्रत्यारोपण प्रविधिबाट कुनै खराव असर हुँदैन र प्रत्यारोपणपछि औषधि खानुपर्ने झन्झट पनि रहँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button