बादललाई क-कस्ले गर्यो घात ? चुनाव हारेपछि आयो बादलको यस्तो प्रतिकृया

नेकपा एमालेको स्थायी कमिटी बैठकको प्रेस विज्ञप्तिले निवर्तमान गृहमन्त्री रामबहादुर थापा बादललाई आफ्नै पार्टीबाट घात भएको संकेत मिल्छ ।

एमाले प्रवक्ता प्रदीप ज्ञवालीले बागमती प्रदेशमा सम्पन्न राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनमा पार्टीको निर्देशनविपरीत आधिकारिक उम्मेदवारविरुद्ध मतदान एको र तयसलाई गम्भीरताका साथ लिएको निर्णयबारे उल्लेख गरेका छन् ।

बागमती प्रदेशमा एमालेका मतदाताले बादलविरुद्ध खिमलाल देवकोटाविरुद्ध मतदान गर्दा बादलको राजनीतिमा उनको नाम जस्तै बादल नै लागेको छ ।

बिहीबार सम्पन्न राष्ट्रिय सभा उपनिर्वाचनमा पराजित भएका बादलको गृहमन्त्री पदसमेत गुमेको छ । गृहमन्त्री र राष्ट्रिय सभा सदस्य पद दुवै गुमाएका बादलको आगामी राजनीतिक भविष्यमाथि अब थप कालो बादल मडारिने निश्चितजस्तै छ ।

बादललाई घात ओली पक्षबाट पनि भएको हुनसक्ने विषय अहिले चर्चामा छ । उनलाई एमालेभित्र अगाडि बढ्न नदिन एउटा तप्का सक्रिय रहेको र घात गरेको हुनसक्नेबारे बादल समूहभित्र चर्चा चलेको छ ।

हुनपनि आजै सर्वोच्च अदालतको आदेशले उनीसहित ७ पूर्वमाओवादी नेताको मन्त्री पद स्वतः गयो । यो घटनाले बादल समूह गम्भीर भएको बुझिएको छ ।

हेटौँडाबाट राष्ट्रियसभा उपनिर्वाचनको मतपरिणाम आइसकेकै थिएन, बिहीबार दिउँसो अकस्मात् सर्वोच्च अदालतले रामबहादुर थापा बादलको गृहमन्त्री पद असंवैधानिक ठहर गर्दै खारेज गरिदियो ।

उपचुनाव जितेको भए बादललाई फेरि गृहमन्त्री बन्ने बाटो खुल्नसक्थ्यो । तर, उपचुनावमा पनि उनले पराजय व्यहोरे । बादलका लागि राजनीतिक जीवनमा एकैदिन दुईवटा चट्याङ परेजस्तो भयो ।

माओवादी पार्टी परित्याग गरेर एमाले प्रवेश गरेसँगै बादलको राष्ट्रिय सभा सदस्य पद गुम्न पुगेको थियो । सोही स्थानमा भएको उपनिर्वाचनमा बादल बिहीबार डा. खिमलाल देवकोटासँग पराजित बन्न पुगे ।

उम्मेदवारी दिँदै गर्दा बादलले आफूलाई सिंगो एमालेको मत र माओवादीको मतसमेत आउने र जीत सुनिश्चित भनेर आत्मरतिमा डुबेका थिए । तर, परिणाम बादलको अनुमान विपरीत आयो ।

जतिबेला बादल माओवादी केन्द्र छाडेर एमाले प्रवेश गर्दै थिए, त्यसैबेला एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले बादललाई पुनः राष्ट्रिय सभामा जिताउने बचन दिएका थिए । सोही बचनअनुसार उनलाई एमालेले उम्मेदवार पनि बनायो ।

यता उपप्रधानमन्त्री एवम् एमाले महासिचव ईश्वर पोखरेलले पार्टीको आधिकारिक उम्मेदवारलाई असहयोग गर्नेमाथि छानबिन गरेर कारबाही गरिने बताएका छन्। पोखरेलले पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गर्नु अक्षम्य रहेको समेत बताए।

‘एकातिर कार्यदल बनाएर कुनै अन्तरविरोध नबढाउने र आचारसंहितामा ध्यान दिने भनिएको छ। अर्कोतिर खुलेआम विपक्षीहरूसँग मिलेर पार्टीको एउटा पक्षले आधिकारिक उम्मेदवारीको विपक्षमा गतिविधि गरेको छ,’उनले भने,’पार्टीभित्र यस्ता अराजक गतिविधी सह्य हुँदैन। यो अत्यन्तै गम्भीर र भर्त्सनायोग्य छ। पार्टीले यसको टिपोट राखेको छ।’

यस्तै नेकपा एमालेको स्थायी कमिटी बैठकले बागमती प्रदेशमा सम्पन्न राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारका विरूद्ध केही नेता तथा जनप्रतिनिधिले मतदान गर्नुलाई गम्भीरताका साथ लिइएको बताएको छ। आज बालुवाटारमा बसेको बैठकले पार्टी निर्णयको अवज्ञा गर्ने प्रवृत्तिलाई अत्यन्त गम्भीरताका साथ लिँदै भर्त्सना गरेको प्रवक्ता प्रदीप ज्ञवालीले बताए।

‘आज बागमती प्रदेशमा सम्पन्न राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनमा देखा परेको पार्टीको निर्देशनविपरीत पार्टीका आधिकारिक उम्मेदवारका विरूद्ध मतदान गर्ने र पार्टी निर्णयको अवज्ञा गर्ने प्रवृत्तिलाई अत्यन्त गम्भीरताका साथ लिँदै भर्त्सना गरेको छ,’ ज्ञवालीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

यस्तै निवर्तमान गृहमन्त्री रामबहादुर थापाले राष्ट्रिय सभामा निर्वाचित डा. खिमलाल देवकोटालाई बधाई दिएका छन्। निर्वाचनमा पराजित थापाले बिहीबार सँझ फेसबुकमा स्ट्याटस लेख्दै डा. देवकोटालाई बधाई दिएका हुन्। उनले मत दिने मतदाताहरुलाई धन्यवाद पनि दिएका छन्।

वागमती प्रदेश अन्तर्गत बिहीबार भएको राष्ट्रिय सभा उपनिर्वाचनमा थापालाई देवकोटाले पराजित गरेका हुन्। नेकपा (माओवादी केन्द्र) परित्याग गरी थापा नेकपा (एमाले) मा प्रवेश गरेपछि सो स्थान रिक्त भएको थियो।

कोरोना निको भएपछि डिस्चार्ज गर्ने समयमा टाइगर ब्रुअरीका अध्यक्ष तेजेन्द्र खड्काको निधन

कोरोना उपचारपछि डिस्चार्ज गर्ने समयमा टाइगर ब्रुअरीका अध्यक्ष तेजेन्द्र खड्काको निधन भएको छ। ललितपुरको मेडिसिटी अस्पतालमा उपचारको क्रममा बिहीबार बिहान उनको निधन भएको हो।

कोरोना संक्रमण देखिएपछि उनी लामो समयसम्म अस्पतालमा भर्ना भएका थिए। तर केही दिनअघि उनको रिपोर्ट नेगेटिभ आएको थियो।
डिस्चार्ज हुने अवस्थामा पुगिसकेका बेला उनलाई पुनः गाह्रो भएपछि अस्पतालमा नै राखेर उपचारलाई निरन्तरता दिइएको थियो। सोही क्रममा उनको आज निधन भएको हो।

खड्काकी श्रीमतीको समेत केही दिनअघि निधन भएको थियो। ५३ वर्षीय खड्काका २ छोरा र १ छोरी रहेका छन्। तेजेन्द्र खड्का र दुर्गा प्रसाईको संयुक्त लगानीमा मार्सी बियरको समेत उत्पादन सुरु भएको छ। माफिया ह्विस्की र डन इनर्जी ड्रिंक्स समेत उत्पादनको चरणमा थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button