राष्ट्रियसभा उपनिर्वाचनमा खिमलाल विजयी, बादल पराजित

विहिवार हेटौंडामा भएको राष्ट्रिय सभा निर्वाचनमा अन्तत डा खिमलाल देवकोटा विजयी भएका छन् । उनले नेकपा एमालेका नेता तथा गृहमन्त्री रामबहादुर थापा बादललाई हराएका हुन् ।

एमालेकै माधव कुमार नेपाल समुहले सहयोग नगर्दा वादलले राष्ट्रियसभा उपनिर्वाचनमा पराजय बेहोरेका हुन् । बिहीबार सम्पन्न बागमती प्रदेशको रिक्त राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचनमा उनी खिमलाल देवकोटासँग पराजित बनेका हुन् ।

देवकोटाले कुल ५०८८ मतभारसहित विजय हासिल गरेका हुन् । मतभार अनुसार बादलले ४०१४ मत ल्याउँदा खिमलालले ५०८८ मत ल्याउन सफल भए । स्थानीय तहमा देवकोटाले १२८ मत पाउँदा बादलले १०३ मत मात्रै पाए ।

२ मत नेमकिपाका उम्मेदवार कृष्णबहादुर तामाङले पाएका छन् । खिमलालले पाएको १२८ मतको मतभार २३०४ हुन्छ । बादलले पाएको मतभार १८५४ हुन्छ ।
त्यस्तै, प्रदेशसभामा बादलले ४५ मत पाउँदा खिमलालले ५८ तथा तामाङले २ मत पाए । बादलले पाएको ४५ मतको मतभार २१६० हुन्छ भने खिमलालले पाएको ५८ मतको मतभार २७८४ हुन्छ ।

एमालेको माधव नेपाल पक्षका मत तान्न नसकेपछि बादलको विजय असम्भव बनेको हो । राष्ट्रियसभा सदस्यमा कांग्रेस,माओवादी र एमालेको माधव नेपाल पक्षीय गठबन्धनका उम्मेदवार खिमलाल देवकोटा विजयी भएका छन् ।

माधव नेपाललृे नै खिमलाललाई उम्मेदवार बनाउन प्रस्ताव गरेका थिए ।

यो पनि,,,आज नेपालभर कोरोनाले बनायो यस्तो रेकर्ड

नेपालमा कोरोनाभाइरसका आठ हजार २२७ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा मुलुकभर २२ हजार ०८७ जनाको पीसीआर–एन्टिजेन परीक्षण ८ हजार ३०५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

८ हजार ३०५ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ४ लाख ८८ हजार ६४५ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा छ हजार ५४३ जना सङ्क्रमित कोरोनामुक्त भएका छन् । देशभरबाट ६ हजार ५४३ जना निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या ३ लाख ६६ हजार ९४६ पुगेको छ ।

यसैगरी क्वारेन्टाइनमा रहनेको संख्या ९ सय ३२ रहेको छ । पछिल्लो २४ घण्टामा देशभर २२ हजार ८७ जनाको पीसीआर–एन्टिजेन परीक्षण हुँदा हालसम्म कुल २८ लाख ५५ हजार ७९३ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।

यसै गरी पछिल्लो २४ घण्टामा थप १ सय ९० संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ हजार ८४७ पुगेको छ ।

यस्तै, काठमाडौं उपत्यकामा थप ३ हजार २३२ जनामा कोरोना भाइरस पुष्टि भएको छ। काठमाडौंमा मात्रै २६००, भक्तपुरमा २२९ र ललितपुरमा ४०३ जनामा संक्रमण पुष्टि भएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button