प्रधानमन्त्री ओलीलाई कारबाही माग गर्दै काँग्रेसले दियो निर्वाचन आयोगमा उजुरी

नेपाली काँग्रेसले निर्वाचन आचारसंहिता उल्लंघन गरेकोमा प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठलाई कारबाहीका लागि निर्वाचन आयोगमा उजुरी दर्ता गराएको छ ।

काँग्रेस संसदीय दल कार्यसमितिको बुधबारको बैठकको  निर्णय अनुसार विहीबार विहान निर्वाचन आयोगमा काँग्रेसले उजुरी दर्ता गराएको हो ।

काँग्रेस संसदीय कार्यसमिति बैठकले निर्वाचन आचारसंहिता विपरित वक्तव्य दिने प्रधानमन्त्री ओली र मन्त्री श्रेष्ठलाई निर्वाचन आयोगले कारबाही गर्नुपर्ने ठहर पनि गरेको थियो ।

प्रधानमन्त्री ओलीले बुधबार निर्वाचन आचारसंहिताविपरीत मौन अवधिमा राष्ट्रिय सभा उपनिर्वाचनका एमाले उम्मेदवार रामबहादुर थापा बादलका लागि मत मागेका थिए ।

यस्तै शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले पनि निर्वाचन आचारसंहिताविपरीत बुधबार साँझ राष्ट्रिय सभा उपनिर्वाचनमा एमाले उम्मेदवार थापाको पक्षमा अपिल जारी गरेका थिए ।

काँग्रेस संसदीय दलको कार्यालयका अधिकृत विजयेन्द्र वीर आलेद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘निर्वाचन आयोगले निर्वाचन आचार संहिता, २०७२ को दफा ५ घ (३) र (५) र दफा (६) विपरीत कार्य गर्ने जो कोहीलाई कारवाही गर्न यो बैठक जोडदार माग गर्दछ ।’

चन्द्रागिरिको आइसोलेशन केन्द्रमा क्लासिक टेकको निःशुल्क इन्टरनेट सेवा,,,,,

नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले नगर स्तरिय आइसोलेशनको निम्ति निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराएको छ । 

हालको विषम परिस्थिति तथा कोरोना भाइरस महामारी विरुद्ध लड्न चन्द्रागिरि नगरपालिकाको नगर स्तरीय वडा ८ मा निर्मित आइसोलेशन केन्द्रको निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराएको हो । 

सामाजिक अभियन्ता उत्तम कार्की तथा चन्द्रागिरि ८ का वडा अध्यक्ष सन्तोष खड्काको अभियानमा साथ दिन तथा सहयोगको रुपमा क्लासिक टेकले प्रशासनिक, बिरामी तथा परिवारजनको निम्ति निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराएको जनाएको छ ।

नगर स्तरिय आइसोलेशन वडा नम्बर ८ मातातीर्थमा अवस्थित नवनिर्मित सामुदायिक अस्पताल भवनमा हाल ३० वेडको अक्सिजन सहित सेवा प्रवाह गरिएको छ । सो स्थानमा  कोरोना संक्रमितहरुको सुविधाको लागि क्लासिक टेकले निरन्तर इन्टरनेट सेवा उपलब्ध गराएको हो ।

सो आइसोलेशन केन्द्रका लागि कम्पनीले कर्पोरेट तहको उच्च गतिको इन्टरनेट सेवा उपलब्ध गराएको छ जहाँ एकपटकमा १०० जना सम्मले सजिलै इन्टरनेट सेवा उपयोग गर्न सक्नेछन् ।

आइसोलेशनमा रहेका संक्रमितहरुलाई घर परिवारसँग अनलाइनमा कुराकानी गर्न अवसर मिल्ने र कुरुवाहरूलाई समेत सहज बनाउने उद्देश्यले क्लासिक टेकले आइसोलेशन केन्द्रमा इन्टरनेट जडान गरेको जनाएको छ।

सो केन्द्रमा कार्यरत डाक्टर, नर्स र सम्पूर्ण कर्मचारीहरुले क्लासिक टेकले निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराएसँगै काम गर्न सहजता भएको र संक्रमितहरुलाई समय बिताउन सजिलो भएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button