
ओलीले नेपाललाई यस्तो प्रस्ताव राख्दै प्रष्ट भने, पुरा नभए ‘च्याप्टर क्लोज’
नेकपा एमालेको विवाद मिलाउने प्रयास फेरी कमजोर हुने देखिएको छ । फुटको संघारमा पुगेको एमालेलाई मिलाउन भन्दै अहिले विभिन्न तहमा वार्ता र छलफल जारी छ । यसैबीचमा राष्ट्रियसभा निर्वाचन संघारमा आएको छ ।

प्रधानमन्त्री ओलीले एमालेले उठाएका उम्मेद्वार रामबहादुर थापा, बादल पराजीत भए एमालेभित्र जारी एकता प्रक्रियाको च्याप्टर क्लोज हुने प्रष्ट सन्देश दिएका छन् ।

पार्टीभित्रको बिवाद समाधान गर्न कार्यदल गठन गरी छलफल अघि बढिरहेको बेला बरिष्ठ नेता माधवकुमार नेपालको सचिवालयले वादललाई भोट दिन नसक्ने विज्ञप्ती जारी गरेको छ । मंगलवार नै नेपालको सचिवालयवाट यस्तो वक्तब्य सामाजिक सञ्जाल मार्फत सार्वजनिक भएको हो ।
नेपालका पक्षवाट यस्तो वक्तब्य आएपछि ओलीले वुधवार एक विज्ञप्ती जारी गर्दै वादललाई भोट दिन सबैलाई अपिल गरेका छन् । नेपाल निकट बागमति प्रदेशका नेताहरु पार्टी उम्मेद्वार थापालाई हराउन माओवादी र कांग्रेससँग सहमति गरेको शंका लागेपछि ओलीले आज अपिल नै जारी गरेर यस्तो सन्देश दिएका हुन् ।
नीति र नेतृत्वलाई दह्रो साथ दिएर एमाले रोजेका नेता थापालाई माओवादी कार्वाही गरेपछि पदमुक्त भएको राष्ट्रियसभामा बिहीवार निर्वाचन हुँदैछ । ओलीले बुधवार जारी गरेको सन्देशमा निर्देशन नमाने क्षम्य नहुने स्पष्ट उल्लेख गरेका छन् ।
‘अहिले पार्टीभित्र देखापरेका समस्याको समाधान गरी पार्टीलाई एकताबद्ध बनाउनका लागि कार्यदल बनेर कामसमेत सुरु भइसकेको छ । यस परिप्रेक्ष्यमा पार्टी एकतालाई सुदृढ गर्न योगदान गर्नु हामी सबैको कत्र्तव्य हो ।
पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिनु, लाखौं जनताको हृदयमा रहेको निर्वाचन चिन्हलाई अवमूल्यन गर्नु र पार्टी निर्णयको विपक्षमा उभिएर मत खसाउने जस्ता विषय हाम्रो जस्तो पार्टीमा त कल्पना बाहिरको कुरा हो,’ माधव समुहलाई प्रष्ट सन्देशसहित अध्यक्ष ओलीले भन्नुभएको छ, ‘यस्ता प्रवृत्ति बहुदलीय शासन प्रणाली अवलम्बन गर्ने कुनै पनि पार्टीका लागि समेत स्वीकार्य या क्षम्य हुनै सक्दैनन ।’ विज्ञप्तीमा भनिएको छ ।



