
पहिलो पटक बसेको एमाले कार्यदलको बैठकले गर्यो यस्ता निर्णय, नेतालाई यस्ता काम नगर्नु भन्दै दिए सुझाव
नेकपा एमालेको विवाद सुल्झाउन गठन भएको कार्यदलको पहिलो पटक बैठक बसेको छ । सोमवार नेता भिम रावलको आँखामा समस्या आएका कारण बैठक बस्न सकेको थिएन । मंगलवार बसेको बैठकले आफ्ना आफ्ना नेतृत्वलाई विभिन्न सुझाव दिएको छ ।

भेटवार्तामा कार्यदलको कार्यक्षेत्र, कार्यविधि र आचारसंहिता तुरुन्त तयार गरी लागू गर्ने निर्णय भएको छ भने नेतृत्वलाई पार्टी एकता जोगाउने काम गर्न सुझाव दिएका छन् ।

माधव पक्षका कार्यदल संयोजक भीम रावलले बैठकमा भएको निर्णयका बारेमा जानकारी दिँदै पार्टीमा देखिएका समस्यालाई यथोचित रूपमा समाधान गर्दै पार्टी पंक्तिलाई एकतावद्ध रूपमा अघि बढाउन सबैसँग सहयोग र सद्भावको लागि आग्रह गरेको बताए ।
‘पार्टी एकता र समझदारीलाई वृद्धि गर्न तथा एक९आपसमा अविश्वास, असहयोग र अन्तरविरोध सिर्जना हुने कामबाट अलग रहन पार्टी पंक्तिलाई हार्दिक आव्हान गर्ने निर्णय गरेको छ ‘, रावलले भने ।
आजको वार्तामा विष्णु पौडेल र शंकर पोखरेल काम विशेषले अनुपस्थित रहेको भन्दै नेता रावलले बैठक पुन भोलि तय गरिएको बताए ।
यो पनि,,,,,भारतलाई तहसनहस बनाएको कोरोनाको भेरियन्ट नेपालमा भेटियो, होसियार हुन सबैलाई अनुरोध
नेपालमा कोभिड १९ को नयाँ भेरिअन्ट पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। देशका विभिन्न भागबाट गत हप्ता सङ्कलन गरिएका कोभिड १९ सङ्क्रमितहरूका ३५ वटा नमुनालाई विश्व स्वास्थ्य सङ्गठनको समन्वयमा भारतस्थित प्रयोगशालामा जिन सिक्वेन्सिङ गर्दा ९७ प्रतिशतमा अर्थात् ३४ वटा नमुनामा नयाँ भेरिअन्ट बी.१.६१७.२ र तीन प्रतिशतमा बी.१.६१७.१ पुष्टि भएको मन्त्रालयले बताएको छ ।
”यससँगै हालसम्म नेपालमा यो परिवर्तित भाइरस सहित तीन किसिमका भेरिअन्ट रहेको पुष्टि भएको छ,” मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
”नयाँ भेरिअन्ट भेटिएको छ। यो कहाँ कहाँ भेटिएको थियो, कस्तो थियो, के के लक्षण दिनेछ, के के असर गर्छ यसलाई खोपले काम गर्छ गर्दैन यो अध्ययन हुनै बाँकी छ,” स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले भने। ”नयाँ जात हो। त्यस कारण अलि होसियार हुनुपर्यो नेपालीहरू,” उनले भने।
तर नेपालमा ‘भारतीय भेरियन्ट’को कोरोना भाइरस फैलिएको पुष्टि भैसकेको छ । भारतलाई तहसनहस बनाएको भेरियन्ट नै नेपालमा फैलिएको पुष्टि हुनु चिन्ताको विषय भएको जनस्वास्थ्यविद्हरु बताउँछन् ।
विश्व स्वास्थ्य सङ्गठनले २०२१ मे मा यो नयाँ भेरिअन्ट लाई विश्वव्यापी “भेरिअन्ट अफ कन्सर्न” भनी घोषणा समेत गरी सकेको मन्त्रालयले जनाएको छ। सामान्यतयाः भाइरसहरुले आफ्नोस्वरुप परिवर्तन गरिरहन्छन् । यसरी स्वरुप परिवर्तन गर्ने क्रममा पुरानो भाइरस नयाँ प्रकारको बन्छ । यसैलाई भेरियन्ट भनिन्छ ।
पहिलो पटक २०१९ मा भेटिएको कोरोना भाइरसको पनि विभिन्न भेरियन्टहरु भेटिएका छन् । बेलायतमा भेटिएको बी १.१.७ लाई यूके भेरियन्ट भनेर चिनिन्छ भने ब्राजिलमा पी.२ भेरियन्ट भेटिएको छ ।
भारतको महाराष्ट्रमा सन् २०२० को अक्टोबरमा पहिलोपटक बी.१.६१७ भेरियन्ट देखियो । मे १० मा डब्ल्यूएचओले बी.१.६१७ लाई ‘भेरियन्ट अफ कन्सर्न’ को रुपमा वर्गीकरण गरेको थियो ।
”हाल पत्ता लागेको नयाँ भाइरस सबै उमेर समूहमा धेरै सङ्क्रामक र जोखिमपूर्ण रहेको अध्ययनहरूबाट पाइएको छ। त्यसैले सङ्क्रमण रोक्न हामी सबै सचेत र जिम्मेवार बनी जनस्वास्थ्यका मापदण्डहरूको पालना गर्न गराउन भूमिका बढाउन सबैको जानकारीका लागि विनम्र अपिल गर्दछौँ,” मन्त्रालयले भनेको छ।
सरकारले जारि गरेको बिज्ञप्ति तल पढ्नुहोस




