पशुपतिमा दाउरा कमी नहोस्’

काठमाडौं । वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले पशुपति क्षेत्रको शवदाह क्षेत्र आर्यघाटमा दाउराको कमी हुन नदिन निर्देशन दिएका छन् ।

पशुपतिमा शव जलाउन दाउरा वितरणको जिम्मेवारी पाएको वन तथा वातावरण मन्त्रालय मातहतको निकाय नेपाल वन निगम लिमिटेडका महाप्रबन्धक धनञ्जय पौडेललाई पशुपतिस्थित आर्यघाट क्षेत्रमा शव दाहका लागि आवश्यक पर्ने दाउरा कमी हुन नदिन निर्देशन दिएका हुन् । कोरोना सङ्क्रमणका कारण दैनिक मृतकको सङ्ख्या बढिरहेको छ ।

सो क्रममा नेपाल वन निगम लिमिटेडका महाप्रबन्धक पौडेलले शव जलाउनका लागि आफूहरूसँग कम्तिमा पनि एक महिनाका लागि दाउरा पुग्ने जानकारी दिए ।

उनले भने, “रौतहट, बारा जिल्लाबाट दाउरा ढुवानी भएर आउँदैछ, उक्त दाउरा आइपुगे कम्तिमा पनि एक महिनाका लागि शव जलाउन पुग्ने छ ।”

अन्य निजी क्षेत्रसँगको सहकार्यमा दाउरा ल्याउनका लागि पहल भइरहेको महाप्रबन्धक पौडेलले जानकारी दिए ।

पछिल्लो दुई दिन यता पशुपतिस्थित आर्यघाटमा कोरोनाका कारण मृत्यु भएका दिनमा कम्तिमा पनि १०० देखि १०४ सम्म शव आउने गरेका छन् । 

पशुपति क्षेत्रस्थित नेपाल वन निगम लिमिटेडको डिपो कार्यालयका इञ्चार्ज द्रोण पोखरेलले कोरोनाबाट मृत्यु भएकाको एक शव जलाउन कम्तिमा चार क्विन्टल दाउरा लाग्ने गरेको जानकारी दिए ।

उनले भने, “कोभिड नभएकाको शव जलाउन दुई क्विन्टल जति दाउरा आवश्यक पर्ने गरेकोमा अहिले कोभिडबाट मृत्यु भएकाको शव जलाउन दोब्बर दाउरा आवश्यक पर्छ ।”

उनका अनुसार पछिल्लो दुई हप्ता यता आर्यघाटमा शव जलाउन का लागि दैनिक २५ हजार केजी दाउराको माग भइरहेको छ ।

नेपाल वन निगम लिमिटेडले ७७ वटै जिल्लाका डिभिजनल वन कार्यालयसँग दाउराका लागि आवश्यक पहल गरीरहेको बताइएको छ ।

यो पनि,,,,असार पहिलो साताबाट नयाँ शैक्षिक सत्र

काठमाडौँ महानगरपालिकाले असार पहिलो साताबाट नयाँ शैक्षिक सत्रको   पठनपाठन सुरु गर्न मातहतका विद्यालयलाई निर्देश गरेको छ । 

कोरोना (को  भिड–१९) भाइरसका कारण नयाँ शैक्षिक सत्रको विषयमा अन्योल देखिएका बेला महानगरपालिकाले नयाँ शैक्षिक सत्र प्रारम्भ गर्न विद्यालयलाई निर्देश गरेको हो । 

महानगरका शिक्षा अधिकारी रामप्रसाद सुवेदीले आइतबार विज्ञप्ति जारी गरी जे  ठ २० सम्म सबै कक्षाको परीक्षा सम्पन्न गरी नतिजा प्रकाशन गरि सक्न समेत निर्देश  गरिएको जानकारी दिए ।

यो पनि,,,,,,,,,गाडी नगुड्दा पनि काठमाडौँमा प्रदूषण किन उस्तै ?

राजधानीको प्रदूषणमा सवारीसाधनबाट निस्कने धुवाँलाई प्रमुख कारण मानिन्छ । कोरोना महामारी नियन्त्रणका लागि ३ सातादेखि जारी निषेधाज्ञाका कारण काठमाडौँ उपत्यकामा यति बेला गाडी अत्यन्तै न्यून संख्यामा गुडेका छन् ।

तर पनि काठमाडौँ विश्वका १० अति प्रदूषित सहरको सूचीमा छ । यस्तो किन भएको होला ? 

वायुको गुणस्तरसम्बन्धी तथ्यांक संकलन तथा प्रशोधन गर्ने स्विट्जरल्यान्डस्थित एयर भिजुयल नामक संस्थाका अनुसार गत सोमबार दिउँसो प्रदूषित सहरको सूचीमा विश्वका सय शहरमध्ये काठमाडौँ छैटौँ स्थानमा थियो । 

स्थानीय कारणसँगै देशका अन्य भागमा लाग्ने डढेलो, अन्य जिल्लामा कृषिजन्य वाली खेतमा डढाउँदा निस्किने उत्सर्जनसहितको प्रदूषित हावाको बहाव राजधानी खाल्डोमा आउँदा प्रदूषण बढ्ने गरेको मानिँदै आएको छ ।

यसैगरी भारत र अन्यत्रबाट समेत प्रदूषित हावा नेपाल भित्रिने गरेको विज्ञ औंल्याउँछन् ।

यो पनि,,,,,,,,,,,१ लाख संक्रमित घरमै

देशभर १ लाख २ हजार ४ सय ५५ कोरोना संक्रमित घरमै छन् । सरकारले उनीहरूको अवस्थाबारे चासो नदिएको समेत पाइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले होम आइसोलेसनमा बसेकाको सन्दर्भमा ठोस योजना अघि सार्न सकेको छैन । कतिपय संक्रमित र उनीहरूका आफन्तमा पर्याप्त परामर्श व्यवस्था नहुँदा मानसिक समस्यासमेत देखिन थालेको छ ।

कतिपय ठाउँमा होम आइसोलेसनमा बसेका संक्रमितले जनस्वास्थ्य मापदण्ड पालना नगर्दा थप जोखिम बढेको देखिएको छ । तर, स्थानीय सरकारले पनि उनीहरूको निगरानी गरेको पाइएको छैन ।

स्वास्थ्य मन्त्रालयले २० जेठ २०७७ मा कोभिड–१९ आइसोलेसन व्यवस्थापन निर्देशिका जारी गरेको थियो ।

होम आइसोलेसन बस्दा हावा खेल्ने तथा प्रकाश पर्याप्त आउने छुट्टै कोठामा बस्ने व्यवस्था मिलाउन, उपचार अवधिभर बाहिर ननिस्किन र आवश्यक सामग्री परिवारका सदस्यमार्फत मगाउनुपर्ने निर्देशिकामा उल्लेख छ ।

निर्देशिकाअनुसार प्रत्येक दिन कम्तीमा तीनपटक ज्वरो जाँच गरी रेकर्ड राख्ने, हरेक दिन दुईपटक स्वास्थ्य अवस्थाबारे सम्बन्धित स्वास्थ्यकर्मीलाई फोन वा एसएमसमार्फत जानकारी गराउनुपर्छ । तर, यो अवस्था कार्यान्वयनमा आउन भने सकेको छैन ।

त्यस्तै, होम आइसोलेसन बस्दा भाँडाकुँडा, कपडा धुन पञ्जा लगाउनुपर्ने उल्लेख छ । घरमा रहेका बिरामी नियमित अनुगमन गर्ने भनिए पनि त्यसो हुन सकिरहेको छैन । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button