
एमाले विवाद मिलाउन १० सदस्यीय कार्यदलको टुंगो लगाएर वाहिर निस्केका ओलीले दिए यस्तो प्रतिकृया
काठमाडौं । नेकपा एमालेको आन्तरिक विवाद समाधानका लागि १० सदस्यीय कार्यदल गठन गरिएको छ। कार्यदलमा माधवकुमार नेपाल पक्षबाट भीम रावल र प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट सुवास नेम्वाङले नेतृत्व गर्ने नेता नेता नेपालले बताएका छन्।

अध्यक्ष ओली र नेता नेपालबीच सिंहदरबारमा आज दिउँसो भएको छलफलबाट सो सहमति भएको हो। एमाले वार्ता टोलीमा ओली पक्षबाट सुवास नेम्वाङको नेतृत्वमा विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल रहेका छन् भने नेपाल समूहबाट भीम रावलको नेतृत्वमा घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त रहेका छन् ।

आइतबार ओली र नेपालबीच वान टु वान वार्ता भएको थियो । सिंहदरबारमा बसेको एमाले अध्यक्ष र वरिष्ठ नेता माधव कुमार नेपालबीचको वान टु वान वार्ताले दुबै तर्फबाट ५–५ जना रहने गरी वार्ता टोली बनाउने सहमति जुटेको बताइएको छ ।
बैठकपछि बाहिर निस्केका नेता माधव नेपालले ३ दिनभित्र वार्ता टोलीले पार्टी विवादका सन्दर्भमा प्रतिवेदन बुझाउनुपर्ने धारणा आफूले राखेको जानकारी दिए । वार्ताबाट बाहिरिदै गर्दा प्रधानमन्त्री ओलीले पनि पार्टी विवाद समाधानतर्फ जाँदै गरेको प्रतिक्रिया दिएका थिए।
यो पनि,,,,फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य
अन्तर्राष्ट्रिय बजारमा मूल्य वृद्धि भएपछि नेपाल आयल निगमले आइतबार पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। पेट्रोल, डिजल, मट्टितेल र हवाई इन्धनमा प्रतिलिटर २/२ रुपैयाँ मूल्य बढाएको हो।
पेट्रोलको मूल्य लिटरको एक सय २३ रुपैयाँ, डिजेल तथा मट्टितेलको मूल्य लिटरको एक सय ६ रुपैयाँ र हवाइ इन्धनको आन्तरिक उडानतर्फको मूल्य लिटरको ७८ रुपैयाँ कायम भएको निगमका प्रवक्ता विनितमणी उपाध्यायले बताए।
एलपी ग्यास र अन्तर्राष्ट्रिय हवाइ उडानको इन्धनको मूल्य यथावत छ। वृद्धि भएको मूल्य आइतबार राती १२ बजेबाट कार्यान्वयनमा आउने निगमले जनाएको छ।
स्वास्थ्य सामग्री खरीद गर्न रु १३ करोड ८० लाख बजेट
परिवर्तित रुपसहितको कोरोना भाइरस नियन्त्रणका लागि कर्णाली प्रदेश सरकारले रु१३ करोड ८० लाख उपलब्ध गराउने भएको छ । मुुख्यमन्त्री महेन्द्रबहादुर शाहीका अध्यक्षतामा आज बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सरकारले स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशलाई अक्सिजन सिलिण्डर खरीद तथा व्यवस्थापनका लागि रु छ करोड, अक्सिजन कन्सन्ट्रेटरका लागि रु पाँच करोड ४५ लाख, रेम्डिसिभरलगायत औषधि खरीद तथा कोभिड बिरामीको हवाई उद्धारका लागि रु एकएक करोड उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता कुर्मराज शाहीले जानकारी दिनुभयो ।
बैठकले प्रदेशका लागि आवश्यक पर्ने अक्सिजन आपूर्ति गर्नका लागि अक्सिजन प्लान्ट सुर्खेत जिल्लामा स्थापना (निर्माण) तथा सञ्चालन गर्ने र त्यसका लागि सामाजिक विकास मन्त्रालयले तत्काल आवश्यक कार्य तथा व्यवस्थापन गर्ने निर्णय गरेको भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री शाहीले बताउनुभयोे ।
बैठकले प्रदेशसभा सचिवालयसम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक प्रदेशसभा सचिवालयमा दर्ता गर्नेलगायत निर्णय पनि गरेको प्रदेश सरकारले जनाएको छ ।



