
नेपाल पक्षको विरोधका बावजुद ओलीले गरे यस्तो निर्णय
नेकपा एमालेको विवाद समाधानका लागि भन्दै अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपाल पक्षका नेताहरुबीच वार्ता जारी छ । नेपाल पक्षले पार्टीलाई २०७५ जेठ २ कै अवस्थामा लैजानुपर्ने सर्त राखेका छन् ।

तर अध्यक्ष ओलीले भने नेपाल पक्षसंगको वार्तामा माओवादी छोडेर आएका रामबहादुर थापा वादललाई पनि सहभागी गराएका छन् ।

आफुहरुले एमालेको नेता नै नमानेका वादललाई सहभागी गराएको बैठकमा सहभागी भएको भन्दै नेपाल पक्षका नेताहरुले माधव नेपाललाई प्रश्न उठाएका छन् ।
उनीहरुको विरोधका वावजुद प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षसँग वार्ता गर्न आफ्ना तर्फबाट गृहमन्त्री रामबहादुर थापा ुबादलुलाई खटाउने तयारी गरेका छन्।
शुक्रबार प्रधानमन्त्री कार्यालयमा नेपाल पक्षसँग भएको वार्तामा प्रधानमन्त्री ओलीले बादललाई लगेका थिए। त्यस पछि नेपाललाई उनकै नेताहरुले वादल सहभागी भएको वैठकमा किन सहभागी भएको भन्दै प्रश्न गरेका थिए ।
उनीहरुले वादल सहभागी बैठकमा जानु जेठ २ को अवस्थामा पार्टीलाई लैजानुपर्छ भन्ने माग कमजोर भएको तर्क गरेका छन् ।
शनिबार नेपाल पक्षीय केन्द्रीय कमिटी बैठकमा समेत बादल बिनाको बैठक हुनुपर्ने विचार आएको थियो। तर ओलीले नेपाल पक्षका नेताको सो भनाईको वेवास्ता गरेका छन् ।
यो पनि,,,,१८ हजार सिलिन्डर आइपुगे नेपाल
सरकारले चीनबाट १८ हजार खाली अक्सिजनका सिलिन्डर नेपाल पु¥याएको छ । स्थलमार्ग हुँदै आज १८ हजार सिलिन्डर नेपाल आइपुगेका हुन् । उपप्रधानमन्त्री तथा कोभिड–१९ सङ्क्रमण व्यवस्था केन्द्रका संयोजक ईश्वर पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेले १८ हजार सिलिन्डर तातोपानी नाकामा आइपुगेको जानकारी दिनुभयो ।
उहाँका अनुसार तातोपानी नाकामा सिलिन्डर चीन सरकारले हस्तान्तरण गरेपछि काठमाडौँ ल्याइनेछ ।
सिलिन्डरको अभाव हुन थालेपछि सरकारले चीन सरकारबाट अनुदानमा २० हजार खाली सिलिन्डर ल्याएको हो । यसअघि ४०० सिलिन्डर नेपाल वायुसेवा निगमको वाइडबडी विमानबाट ल्याइएको थियो ।
अठार हजार आइसकेपछि बाँकी एक हजार ६०० सिलिन्डर पनि जहाजबाट ल्याउने तयारी भइरहेको छ ।
यस्तै आजै चीनबाट ५५० अक्सिजन सिलिन्डर नेपाल वायुसेवा निगमको वाईड बडी विमानले ल्याउँदैछ । शनिबार सिलिन्डर ल्याउनका लागि जहाज चीन गएको थियो ।
शनिबार मात्र ओमानबाट गैरआवासीय नेपाली सङ्घको सहयोगमा ५६० खाली सिलिन्डर आएको थियो । कोभिड–१९ का सङ्क्रमितको उपचारका लागि अक्सिजन सिलिन्डरको अभाव हुन थालेपछि सरकारले विभिन्न मुलुकबाट सिलिन्डर ल्याउन थालेको हो ।



