
ठाकुरको यस्तो जवाफ पछि निराश भए देउवा
काठमाडौ । आफ्नो नेतृत्वमा सरकार बनाउन पहल सुरु गरेका नेपाली काँग्रेसका सभापति शेरवहादुर देउवा जनता समाजवादी पार्टी नेपाल (जसपा) का नेता महन्थ ठाकुरलाई फकाउन नसक्दा निराश बन्नु परेको छ ।

विहिवार देउवा र ठाकुरबीच भएको वार्ता विफल भएको छ । विहिवार नै राष्ट्रपति विद्या देवी भण्डारी समक्ष नयाँ सरकार गठनको लागि आफ्नो दावी पेश गर्न जान लागेका देउवालाई ठाकुरले निरास पार्ने जवाफ दिएका छन् ।

वार्ताका क्रममा काँग्रेस सभापति शेरबहादुर देउवाले आफू नेतृत्वमा बन्ने सरकारलाई सघाउन गरेको आग्रहलाई ठाकुरले ठाडै अस्वीकार गरेको काँग्रेस स्रोतले जनाएको छ ।
देउवा निवास बूढानीलकण्ठमा भएको वार्तामा जसपा अध्यक्ष ठाकुरले आफूहरु सरकार निर्माणको दौडमा नरहेको स्पष्ट जवाफ दिएका छन् ।
आफहरुको माग सम्बोधन नगरेका कारण कुनै पार्टी प्रति आफ्नो झुकाव नभएको उनको भनाई थियो ।
यद्धपी सोमबार केपी शर्मा ओलीले विश्वासको मत माग्ने क्रममा ठाकुले आफ्ना केही माग सम्बोधन गरेको भन्दै ओलीलाई धन्यवाद दिएका थिए ।
सभापति देउवाका स्वकीय सचिव भानु देउवाले भने जसपा नेपालका अध्यक्ष ठाकुरलाई सरकार निर्माणमा सहयोग गर्न आग्रह गरिएको र उनले पार्टीमा छलफल गरेर जवाफ दिने भनेको जानकारी दिए ।
यो पनि,,,,,श्वास फेर्न कठिन भएपछि अस्पताल पुगेर स्वाब दिएका पुरुषको भोलिपल्टै मृत्यु
आजै कोरोना सङ्क्रमण पुष्टि भएका एक पुरुषको धवलागिरि अस्पताल बागलुङमा उपचारका क्रममा मृत्यु भएको छ । बागलुङ नगरपालिका–४ का ७७ वर्षीय पुरुषको आज बिहान निधन भएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङका कोभिड–१९ फोकलपर्सन देवप्रकाश घिमिरेले जानकारी दिनुभयो ।
कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि उनी धवलागिरि अस्पतालमा वैशाख २८ गते भर्ना भएका थिए । बिरामी परेपछि समेत लामो समय अस्पताल आएका थिएनन् ।
श्वास फेर्न कठिन भएपछि अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो । उनको बुधबार स्वाब सङ्कलन गरेर परीक्षण गरिएको थियो ।
आज बिहान रिपोर्ट आउने समयमा उनको उपचारका क्रममा मृत्यु भएको फोकलपर्सन घिमिरेले बताउनुभयो । “अक्सिजनको मात्रा निकै कम भएपछि उहाँ अस्पताल आउनुभयो”, अस्पतालका प्रमुख डा शैलेन्द्र विक पोखरेलले भन्नुभयो, “पछिल्लो समय अस्पताल आउने बिरामी निकै गलेपछि आउने गर्नुभएको छ ।” समयमा अक्सिजन दिन सकेको भए बिरामी बच्न सक्ने सम्भावना रहने उहाँ बताउनुहुन्छ ।
हट्यो एम्बुलेन्समा शव बोक्नुपर्ने बाध्यता
गलकोट– बागलुङमा कोरोनाबाट मृत्यु भएकाहरुको शव व्यवस्थापनका लागि बागलुङ नगरपालिकाले अस्थायी शव बाहनको व्यवस्थापन गरेको छ । यससँगै जिल्लामा पहिलोपटक शव बाहनको व्यवस्थापन भएको छ ।
नगरपालिकाले तीन महिनाका लागि रु चार लाख ५० हजार भुक्तानी दिने गरी अस्थायी शव बाहनको व्यवस्थापन गरेको हो ।
जिल्लामा शव वाहन नहुँदा कोरोना महामारीमा शव व्यवस्थापनमा निकै चुनौती बन्दै आएको थियो ।
नगरपालिकाले खरिद गर्न थालेको नयाँ शव बाहन नआउञ्जेल अस्थायीरूपमा शव बाहन व्यवस्थापन गरेको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले जानकारी दिनुभयो ।
नगरपालिकाले आफ्नै खर्चमा सवारी व्यवस्थापन गरी अस्पताललाई सञ्चालनका लागि पिकअप जिप उपलब्ध गराएको छ ।
“कर छुटका लागि अलि लामो प्रक्रिया रैछ, यता कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या बढ्दै गएपछि अस्थायी शव बाहन व्यवस्थापन गरेका हौँ”, नगरप्रमुख पौडेलले भन्नुभयो, “तीन महिनालाई हामीले भुक्तानी गरी शव बाहन सञ्चालन गर्न दिएका छौँ, नगरपालिकाले खर्च गरेर व्यवस्थापन गरेको शव बाहनले तत्काल जिल्लामा कोरोनाबाट मृत्यु भएकाको शव व्यवस्थापन गर्नेछ ।”
बागलुङमा शव बाहन नहुँदा हालसम्म एम्बुलेन्सबाटै मृतक सङ्क्रमित बोक्दै आइएको थियो ।



