
कारबाही फुकुवाले अब पार्टीलाई एक ढिक्का बनाउँछ : गोकर्ण विष्ट
काठमाडौं । नेकपा एमालेका नेता गोकर्ण विष्टले चार नेता माथिको कारबाही फिर्ता लिने निर्णयलाई सकारात्मक भन्नुभएको छ ।

निलम्बन फिर्ताले संवाद र एकताको वातावरण तयार भएको नेता विष्टले बताउनुभयो ।

‘यो निर्णयबाट संवाद र एकताको वातावरण सकारात्मक दिशामा जाला भन्ने आशा गर्न सकिन्छ । त्यसैले यो एक हदसम्म सकारात्मक छ’, विष्टले भन्नुभयो, ‘हाम्रो माग भनेको पार्टीको पूरा प्रणाली जेठ २ मा फर्किनु पर्छ भन्ने हो, त्यसको लागि वातावरण तयार भएको छ ।’
आफूहरुको उद्देश्य सामूहिक राजीनामा नभएको नेता विष्टले बताउनुभयो । ‘सामूहिक राजीनामा हाम्रो माग र उद्देश्य केही पनि होइन, हामी सुदृढ पार्टी चाहन्छौँ’, उहाँले भन्नुभयो ।
उक्त निर्णयले पार्टीलाई एकढिक्का बनाउन उर्जा दिने विष्टको बुझाइ छ । ‘यो एकतावद्ध एमालेका लागि भएको एक प्रयास हो, यसलाई सकारात्मक निष्कर्षमा पु¥याउनु पर्छ’, उहाँले भन्नुभयो ।
नेकपा एमाले स्थायी कमिटीको आज बसेको बैठकले पार्टीबाट ६ महिनाको लागि निलम्बन गरेका नेता माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई गरेको कारबाही फिर्ता लिने निर्णय गरेको छ ।
यो पनि,,,,विराटनगरमा होल्डिङ सेन्टर निर्माणका लागि जग्गा तय
प्रदेशको राजधानी विराटनगरमा निर्माण गर्न लागिएको १ हजार शैयाको होल्डिङ सेन्टरका लागि जग्गा खोज्ने कार्य पूरा भएकोे छ ।
भारतबाट नेपाल प्रवेश गर्ने नेपालीहरुलाई राख्न विराटनगर रानि स्थित जुट मिलको खालि जग्गामा होल्डिङ सेन्टर निर्माण गरिने भएको छ ।
जिल्ला सुरक्षा समितिको निर्णय अनुसार जग्गा खोज्ने कार्य सकिएको र जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्रबाट संघिय सरकारलाई सिफारिश गरिने मोरङका प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले जानकारी दिनुभयो ।
बुधवार प्रमुख जिल्ला अधिकारी, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुखहरु सहितको टोलीले जग्गाको अनुगमन गरेको थियो । १ हजार शैयाको होल्डिङ सेन्टर निर्माणका लागि ४१ रोपनी अर्थात करिब ३ बिगहा जग्गा आवश्यक पर्दछ ।
संघिय सरकारको निर्णय अनुसार निर्माण गर्न लागिएको अर्धस्थाई प्रकृतिको होल्डिङ सेन्टर नेपाली सेनाले बनाउनेछ । सो होल्डिङ सेन्टरमा १ सय शैयाको आईसियु बेड समेत रहने बताइएको छ ।
विराटनगरमा यस अघिनै विराट आँखा अस्पतालको भवन भाडामा लिएर ७० बेडको होल्डिङ सेन्टर संचालनमा ल्याइएको छ ।



