
यसरी बन्न सक्छन् देउवा प्रधानमन्त्री
राष्ट्रपति विद्यादेवी भण्डारीले तीन दिनको समय दिएसँगै नयाँ सरकार गठनको जोडघटाउ पेचिलो बनेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार प्रतिनिधिसभा विशेष अधिवेशनअन्तर्गत मतदान प्रक्रियामा विश्वासको मत गुमाऐसँगै कांग्रेस–माओवादीलगायत दल नयाँ सरकार गठनको तीव्र दौडधूपमा छन् ।

नयाँ सरकारका लागि बहुमत पु(याउन विपक्षी दललाई हम्मेहम्मे परिरहेको अवस्था छ । ‘
काम चलाउ’ प्रधानमन्त्री ओली विपक्षी दललाई ‘बहुमत पु(याउन नदिन अधिकतम सक्रिय’ बनेको स्रोत दाबी गर्छ ।
प्रतिनिधिसभामा विपक्षीलाई बहुमत पु(याउन रोक्ने ‘ओली योजना’ र बहुमत पु(याएर नयाँ सरकार गठन गर्ने कांग्रेस, नेकपा माओवादी केन्द्रलगायत दलको ‘रणनीति’ वरिपरि राजनीति घुमिरहेको छ ।
कांग्रेसलाई माओवादी केन्द्र, जनता समाजवादी पार्टी अध्यक्ष उपेन्द्र यादव, डा। बाबुराम भट्टराई समूहको समर्थन छ ।
प्रतिनिधिसभामा गत सोमबार भएको विश्वासको मतदानमा ओलीको विपक्षमा १ सय २४ मत खसे । कांग्रेस ६१, माओवादी केन्द्र ४८ र जसपाको बाबुराम–उपेन्द्र पक्षका १५ सांसदले ओली विपक्षमा मत दिए ।
प्राप्त मतअनुसार कांग्रेस–माओवादीलगायत दललाई सरकार बनाउन अझै दर्जन सांसद आवश्यकता पर्छ ।
मतदानमा जसपाका महन्थ ठाकुर पक्षका १५ सांसद ओलीको पक्ष र विपक्षमा मत नदिई तटस्थ बसे । ठाकुरले ‘नयाँ सरकार’ गठनमा सहभागी नहुने सार्वजनिक अभिव्यक्ति दिइसकेकाले उनी पक्षधर सांसदले माओवादी र कांग्रेस नेतृत्वमा बन्ने सरकारलाई समर्थन नगर्ने देखिएको छ ।
ठाकुर पक्षले कांग्रेस नेतृत्वको सरकारलाई साथ नदिए पनि एमालेभित्रको माधव–झलनाथ समूहको साथ रहे कांग्रेस सभापति शेरबहादुर देउवा नयाँ प्रधानमन्त्री बन्ने पक्का छ ।
एमाले वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल पक्षका २८ सांसदले ओलीलाई विश्वासको मत दिएनन् ।
एमालेसँग प्रतिनिधिसभामा १ सय २१ सांसद रहे पनि नेपाल पक्षका नेताले मत नदिँदा ओलीले ९३ मतमै चित्त बुझाउनुप¥यो ।
ओलीले पार्टी निर्णय नमान्ने २८ सांसदलाई कारबाहीको डन्डा चलाउन सकेका छैनन् ।
कारबाही गरेमा सांसद संख्या घट्ने र देउवाका लागि प्रधानमन्त्री बन्न बाटो सहज हुने देखेरै ओलीले उनीहरूलाई कारबाही नगरेको राजनीतिक विज्ञ विश्लेषण गर्छन् ।
यो समाचारराजधानी दैनिकमा छ ।
यो पनि,,,,सरकारले अक्सिजनको उत्पादन बढाउने
सरकारले कोभिड–१९ का सङ्क्रमितहरुको उपचार तथा उपचारका लागि अत्यावश्यक अक्सिजनको उत्पादन बढाउन र सोको व्यवस्थापनका लागि थप सजग र क्रियाशील रहेको जनाएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले अक्सिजनको उत्पादन बढाउने, अक्सिजन उद्योगहरूमा बिना व्यवधान २४ सै घण्टा विद्युत् र पानीको सुविधा सुनिश्चित गर्ने, उद्योगको सुरक्षाका लागि पर्याप्त व्यवस्था मिलाउने, अक्सिजनको उत्पादनसँग सम्बद्ध कर्मचारी अस्वस्थ भएमा तत्काल अस्थायी कर्मचारी÷प्राविधिकद्वारा उत्पादन कार्य सञ्चालन हुनसक्ने वैकल्पिक व्यवस्था गर्ने निर्णय गरिएको जनाएको छ ।
उपप्रधानमन्त्री तथा कोभिड–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्रका संयोजक ईश्वर पोखरेलको अध्यक्षतामा नेपाल सरकारका मुख्य सचिव, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिवहरू, गृह सचिव, उद्योग सचिव, औषधि व्यवस्था विभागका महानिर्देशक, स्वास्थ्य सेवा विभागका महानिर्देशक, नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्षलगायत विभिन्न निजी क्षेत्र तथा जनप्रतिनिधिको सहभागिता रहेको बैठकले सो निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता किरण राज आचार्यले जानकारी दिए ।



