बाबुराम भट्टराई अझै केही दिन वीर अस्पतालमै रहने

पेटको ट्युमरको शल्यक्रियापछि स्वास्थ्यलाभ गरिरहेका भट्टराई अझै केही दिन अस्पतालमै रहने चिकित्सकहरूले बताएका छन्।

भट्टराईका प्रेस सल्लाहकार विश्वदीप पाण्डेका अनुसार चिकित्सकको सल्लाहअनुसार अझै केही दिन भट्टराई अस्पतालमै रहनेछन्।

भट्टराईको गत शुक्रबार पेटको न्युरो-इन्डोक्राइनको ट्युमरको शल्यक्रिया गरिएको थियो।

शल्यक्रियापछि भट्टराईको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ। केही दिन चिकित्सकहरूको निगरानीमा अस्पतालमै भट्टराई रहने उनको सचिवालयले जानकारी दिएको छ।

यो पनि,,,शंकर पोखरेललाई समर्थन गर्ने भन्दै लुम्बिनीका दुई स्वतन्त्र सांसद एमालेमै फर्किए

सूर्य चिन्हबाट चुनाव जितेका लुम्बिनी प्रदेशका दुई जना स्वतन्त्र सांसदले आफूहरू एमाले संसदीय दलमै प्रतिबद्ध रहने स्पष्ट पारेका छन्।

कपिलबस्तु-२ ‘ख’ बाट निर्वाचित धर्मवहादुर लाल श्रीवास्तव र नवलपरासीपश्चिम १ ‘ख’ बाट निर्वाचित अजय शाहीले सोमबार एक संयुक्त विज्ञप्ति निकाल्दैं आफूहरूको समर्थन मुख्यमन्त्री शंकर पोखरेललाई रहेको प्रष्ट पारेका छन्।

यसअघि आइतबार यी दुई जना सांसदले माओवादी केन्द्रका कुलप्रसाद केसीलाई मुख्यमन्त्री बनाउनुपर्ने बताएका थिए। यीनीहरूमध्ये एक जना हृदयेश त्रिपाठी र अर्को वृजेशकुमार गुप्ता समूहका सांसद हुन्। दुबैले सूर्य चिन्ह लिएर चुनाव लडेका थिए।

हाम्रो शंकर पोखरेलको नाममा असहमति हो’, सांसद श्रीवास्तवले हिजो सेतोपाटीसँग भनेका थिए, ‘मैले र अजय शाहीले राजीनामा दिएका छैनौं। हाम्रो शंकर पोखरेलको नाममा सहमति छैन।’

उनले आफूहरूले एमाले संसदीय दलको बैठकमा सहभागिता जनाउने गरेको भए पनि सधैँ माइन्यूटमा स्वतन्त्र राजनीतिक  समूह उल्लेख गर्ने गरेको बताएका थिए।

आज पनि हामी संसदीय दलको बैठकमा गयौं तर हामीले निर्णयमा हस्ताक्षर गरेको छैन’, उनले भने, ‘हाम्रो हस्ताक्षर उपस्थितिका लागि मात्र हो। हाम्रो हस्ताक्षर जोडेर मुख्यमन्त्री भएकोमा आपत्ति हो,’ उनले भनेका थिए।

यो पनि, प्रधानमन्त्री ओलीले विश्वासको मत लिने भनेपछि देउवाले बोलाए पदाधिकारी बैठक

नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सदनबाट विश्वासको मत लिने भनेपछि यसबारे छलफल गरी आवश्यक रणनीति तय गर्न नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ।

सभापति शेरबहादुर देउवाले आज दिउँसो २ बजे आफ्नै निवास बुढानिलकण्ठमा पदाधिकारी बैठक राखेका हुन्।

पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज पदाधिकारी बैठक बस्ने बताए।

उनकाअनुसार १४ औं महाधिवेशन र समसामयिक राजनीतिक घटनाक्रमबारे पदाधिकारी बैठकमा छलफल हुनेछ।

प्रधानमन्त्री ओलीले आइतबार बसेको मन्त्रिपरिषद बैठकमा वैशाख २७ गते विश्वासको मत लिने जानकारी गराएका थिए।

कांग्रेसले ओलीको राजीनामा माग्दै आफ्नै नेतृत्वमा सरकार बनाउने निर्णय केन्द्रीय समितिबाट गरिसकेको छ। त्यसका लागि नेकपा माओवादी केन्द्रले समर्थन गरे पनि जसपाले निर्णय दिएको छैन।

प्रधानमन्त्रीविरूद्ध अविश्वास प्रस्ताव पेश गर्ने गृहकार्य गरिरहेको कांग्रेसले प्रधानमन्त्रीले नै विश्वासको मत लिने भनेपछि आवश्यक रणनीति तय गर्न पदाधिकारी बैठक राखेको छ।

केही दिनअघि सभापति देउवाले संख्या नपुगेकोले अविश्वास प्रस्ताव नलगेको बताएका थिए। यसैबीच प्रधानमन्त्रीले विश्वासको मत लिने भनेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा वैशाख २७ गतेका लागि संसद अधिवेशन आह्वान गरिसकेकी छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button