धोती, कुर्था, गम्छा लगाएर भाेलि काठमाडौंमा प्रदर्शन :
२४पुष, काठमाडौं । भाेलि शनिबार काठमाडौंको माइतीघर मण्डलाबाट भब्य धोती जुलुस निकालिने भएको छ । नेकपाको भ्रातृ संगठन युवा संघ प्रदेश नं २ ले सो जुलुस निकाल्न लागेको हो ।
युवा संघका नेता शम्भु शाहले दिएको जानकारी अनुसार नेकपा अध्यक्ष केपी शर्मा ओलीको समर्थन गर्दै जुलुस प्रदर्शन गर्न लागिएको हो ।
धोती कुर्था गम्छा मधेशी के शान बा !
केपी ओली हमनी सबके जान बा !!
जुलुसमा मधेसका पहिचानका रुपमा रहेको धोती, गम्छा र कुर्था पोशाक हुनेछन् ।
माइतघर मण्डलामा हुने धोती सभामा नेकपाका स्थायी समिति सदस्य योगनारायण यादव, नेता महेश बस्नेत लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सो सभाबाट जुलुस प्रज्ञा भवन पुग्ने बताइएको छ । प्रज्ञा भवनमा सयौंले नेकपा मूलधारमा प्रवेश गर्ने कार्यक्रम राखिएको युवा नेता सञ्जिव झा ले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
+1
+1
2
+1
1
+1
+1