
सरकारलाई अप्ठेरोमा पार्ने माओवादीकाे तयारी
एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न नसकेको नेकपा माओवादी केन्द्रले सरकारलाई अप्ठेरोमा पार्ने तयारी भने गरेको छ। पार्टी छाडेर एमालेमा प्रवेश गरेका सांसदलाई कारबाही गरिएको सूचना माओवादी केन्द्रले संसद् सचिवालयमा दिएको छ।

आफूविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन प्रधानमन्त्री ओलीले चुनौती दिइरहेका बेला माओवादी केन्द्रले एमालेमा प्रवेश गरेका नेता र सांसदलाई कारबाही गरेको हो। माओवादी केन्द्रले एमाले प्रवेश गरेका आफ्ना चार सांसदलाई मंगलबार कारबाही गरेको छ।

माओवादी अध्यक्ष पुष्पकमल दाहालले ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझी, सहरी विकासमन्त्री प्रभु साह, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट र श्रममन्त्री गौरीशंकर चौधरीले दल त्याग गरेको सूचना संसद् सचिवालयलाई दिएका छन्। यी सबै प्रतिनिधिसभा सदस्य हुन्।
यसअघि माओवादी अध्यक्ष दाहालले रामबहादुर थापालगायत नेताहरूलाई मन्त्री बनाएर आफूले गल्ती गरेको बताएका थिए। ओली नेतृत्वको सरकारविरुद्ध चाँडै अविश्वासको प्रस्ताव ल्याउने पनि उनले बताएका थिए।
आजको नागरिक दैनिकमा समाचार छ ।
यो पनि,, कोरोनाको जोखिम बढेपछि सरकारले पुनः ल्यायो नयाँ नियम, अब व्यवसाय, सवारीसाधन देखि स्कुलहरु खोल्न कडाइ, कुन समयमा खोल्ने बन्द गर्ने ? यस्तो छ सुचना
काठमाडाैं- सरकारले काेराेना संक्रमणकाे जाेखिम बढेसँगै रात्रिकालीन व्यवसाय र आवागमनमा कडाई गर्ने निर्णय गरेकाे छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार एक विज्ञप्ति निकाल्दै बढ्दाे जनस्वास्थ्यका मापदण्ड उल्लंघन र संक्रमण तथा बेलायतबाट भित्रिएकाे काेराेना भाइरसकाे नयाँ भेरियन्टलाई मध्यनजर गर्दै रात्रिकालीन व्यवसाय र गतिविधिमा कडाई गर्ने निर्णय गरेकाे जानकारी दिएकाे हाे।
जाेखिम बढेका ठूला सहरहरुमा सर्वजनिक यातायातमा यात्रा गर्दा वा भिडभाड हुने स्थानमा रहँदा आवश्यक स्वास्थ्य मापदण्ड लागू गराउने मन्त्रालयले जनाएकाे छ।
यस्तै ठूला सहरहरुमा विद्यालय जाने बालबालिकामा पनि संक्रमण बढ्दाे क्रममा रहेकाेले शैक्षिक संस्थाहरुमा उच्चसतर्कता अपनाउन मन्त्रालयले आग्रह गरेकाे छ।
यता रात्रिकालीन व्यवसाय तथा रेस्टुरेन्ट राति ९ बजेदेखि कडाइका साथ बन्द गर्न/ गराउन मन्त्रालयले सम्बन्धित निकायलाई आग्रह गरेकाे छ।
विदेशबाट फर्किएपछि घरमै क्वारेन्टाइनमा रहेकोको अनुगमन गर्न स्थानीय प्रशासन र तहलाई समेत निर्देशन दिइएको छ । कन्ट्याक्ट ट्रेसिङ, एन्टीजेन र पीसीआर परीक्षणको दायरा बढाउन स्वास्थ्य कार्यालयलाई भनिएको छ ।
सार्वजनिक स्थानमा मास्कको अनिवार्य प्रयोग गर्न आग्रह गर्दै मन्त्रालयले रात्रीकालिन व्यवसाय तथा रेष्टुरेन्टहरु राती ९ बजेपछि कडाइका साथ बन्द गराउन मन्त्रालयले निर्देशन दिएको छ । ठूला सहरमा ५०० र साना सहरमा १०० भन्दा बढी सक्रिय संक्रमित भए आवागमनमा कडाइ गराउन पनि मन्त्रालयले भनेको छ ।
आसन्न तीन दिवसिय क्रिकेट म्याच आयोजनाको स्वीकृति तथा संचालनको सन्दर्भमा विदेशबाट आउने टोली वा भ्रमण दलको सदस्य संख्या वा क्वारेन्टाइन अवधी निर्धारण गर्न पनि भनिएको छ । कोभिडको बढ्दो चुनौतिलाई मध्यनजर गरेर यस्ता कार्यक्रमलाई कडाइ गर्न पनि मन्त्रालयले निर्देशन दिएको छ ।
संक्रमणको बढी जोखिम हुने स्थानमा आलोपालोरुपमा एन्टीजेन परीक्षण बढाउन स्थानीय तहलाई मन्त्रालयले निर्देशन समेत दिएको छ ।
छिमेकी मुलुक भारतमा पछिल्लो समय बेलायती र ब्राजिलियन भेरिएन्ट भेटिएको र संक्रमण फैलिएपछि नेपाल उच्च जोखिममा रहेको मन्त्रालयले जनाएको छ । बेलायती भेरिएन्ट चाहिँ नेपालमा यसअघि पुष्टि भैसकेको र वृद्धि हुने क्रम बढेको भन्दै मन्त्रालयले नियमित प्रेस ब्रिफिङमार्फत सतर्क हुने समेत भनिसकेको छ ।
नेपालमा कोरोना संक्रमणको ग्राफ पछिल्ला दिनहरुमा उकालो लागिरहेको छ ।
यस्तो छ १० बुँदे सूचना:
१)हाल राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट भैरहको निगरानीमा काठमाडौं, पोखरा लगायतका ठूला सहरहरूमा विद्यालय जाने उमेर समूहमा पनि संक्रमण बढ्दो रहेकोले सम्पूर्ण शैक्षिक संस्थाहरूमा संक्रमणको उच्च सतर्कता अपनाउनुहुन सरोकारवाला सबैमा अनुरोध छ ।
२) जोखिम बढेका ठूला सहरहरूमा सार्वजनिक यातायातमा यात्रा गर्ने वा भीडभाड कम गर्ने र जनस्वास्थ्यका मापदण्ड कडाइका साथ अनिवार्य पालना गर्ने गराउने व्यवस्था गर्नु गराउनुहुन सरोकारवाला सबैमा अनुरोध छ।
३) बढी भीडभाड र जोखिम बढ्न सक्ने स्थानहरू जस्तै सपिङ-मल, नाचघर, सिनेमाहल, पार्टी प्यालेस, हेल्थ क्लब, स्विमिंग पुल लगायतका क्षेत्र, मन्दिर लगायत धार्मिक स्थानहरू हालको परिस्थितिलाई मध्यनजर गर्दै जनस्वास्थ्यका मापदण्डहरू अति कडाइका साथ पालना गरेर मात्रै सञ्चालन गर्ने गराउने व्यवस्था गर्नु गराउनुहुन सरोकारवाला सबैमा अनुरोध छ।
४) विदेशबाट फर्केपछि घरमा क्वारेन्टाइनमा रहेका र संक्रमित भएर घरमै आइसोलेसनमा रहेकाले तोकिएका मापदण्डहरू पालना गर्न प्रेरित गर्ने र आवश्यक निगरानीलाई व्यवस्थित र कडाइ गर्न गराउनु हुन स्थानीय तह र स्थानीय प्रशासनहरूलाई अनुरोध छ।
५)कन्ट्याक्ट ट्रेसिङ बढाउन तथा केस इन्भेष्टिगेसनका लागि एन्टिजेन तथा आवश्यकता अनुसार पिसिआर परीक्षण बढाउनका लागि सम्बधित स्वास्थ्य कार्यालयहरू तथा स्थानीय तहहरूलाई अनुरोध छ।
६) सबै जिल्ला प्रशासन कार्यालयलाई संक्रामक रोग ऐन बमोजिम कारबाही गर्ने गरी घरबाहिर र सार्वजनिक स्थानमा मास्कको प्रयोगलाई अनिवार्य गर्नुहुन अनुरोध छ।
७) रात्रिकालीन व्यवसाय तथा रेस्टुरेन्टहरू राति ९ बजेपछि कडाइका साथ बन्द गर्न गराउन अनुरोध छ।
८) संक्रमणको अवस्था हेरी ठूला सहरहरूमा ५०० भन्दा बढी र साना सहरहरूमा १०० भन्दा बढी सक्रिय संक्रमित देखिएमा ती स्थानमा आवागमनलाई कडाइका साथ गर्न गराउनु हुन अनुरोध छ।
९) विदेशबाट आउने विभिन्न टोली वा भ्रमण दलका सदस्यहरूको संख्या सम्बन्धमा वा क्वारेन्टाइन अवधि वेभ गर्ने सम्बन्धमा (जस्तो कि संक्रमणको यो जोखिमकाबिच तीन देशीय क्रिकेट म्याच आयोजना स्वीकृति तथा संचालनका सम्बन्धमा) र अब आइन्दा कोभिड संकटको बढ्दो जोखिमलाई मध्यनजर गर्दै कडाइका साथ निर्णय लिन तथा कार्यान्वयन गर्न गराउन समन्वय गर्नु गराउनुहुन सरोकारवाला निकायहरूसँग अनुरोध छ।
१०) संक्रमणको बढी जोखिम हुन् सक्ने स्थानहरूमा र्यानडम एन्टिजेन परीक्षण बढाउन स्थानीय तहहरूलाई समन्वय गरी व्यवस्थापन गरिदिनुहुन अनुरोध छ।