प्रधानमन्त्रीसँग भेट्न समय मागेको छु,समय प्राप्त होला : सभामुख सापकोटा

सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्न समय मागेको बताएका छन् ।

सोमबार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा पत्रकारसँग कुरा गर्दै सभामुख सापकोटाले प्रधानमन्त्रीसँग भेटका लागि समय मागेको बताए ।

सोमबार बंगलादेश भ्रमणमा गएकी राष्ट्रपति विद्यादेवी भण्डारीको विदाइका क्रममा विमानस्थलमा प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख सापकोटाबीच भेट भएको थियो ।

‘कानुनमन्त्रीमार्फत सरकारको कुरा संसदमा आइरहेको छ, संसदको कुरा पनि गइरहेको छ । प्रधानमन्त्रीसंग छलफलका लागि समय मागेको छु , समय प्राप्त होला’ सभामुख सापकोटाले पत्रकारहरुसँग भने ।

पछिल्लो समय सरकारले ल्याएको अध्यादेश संसदमा टेबुल हुन नसकेको विषयमा प्रधानमन्त्री ओलीले सार्वजनिक रुपमै सभामुखको आलोचना गरेका थिए । सभामुख सापकोटाले भने संसद प्रभावकारी बनाउने विषयमा प्रधानमन्त्रीसँग छलफल गर्ने बताएका छन् ।

सभामुख सापकोटाले सरकारले ल्याएका विधेयक र अध्यादेश अड्काउने आफ्नो मनसाय नभएको बताए । संसद अधिवेशन नरहेका बेला सरकारले ल्याएका विभिन्न सात वटा विधेयक प्रतिनिधिसभामा पेस हुन नसकिरहेका बेला सभामुख सापकोटाले यस्तो बताएका हुन् ।

‘अध्यादेश टेवुल गर्नुपर्छ । यो किन पेश हुन सकेन भन्ने लुकेको विषय छैन । मैले अधिकतम प्रयास गरेँ । तटस्थ/निष्पक्षतामै मेरो बल छ । सरकारले ल्याएका विषय अड्काउनेमा म छैन । मैले सरकारलाई सहयोग गर्नैपर्छ’ उनले भने ।

फागुन २३ गतेको प्रतिनिधिसभाको बैठकमा संवैधानिक परिषदसम्बन्धी अध्यादेश पेस भएको थियो । अध्यादेश पेस हुँदै गर्दा कांग्रेसको अवरोधका कारण रोकिएका अन्य सात वटा अध्यादेश पेश हुन सकेका छैनन् ।

पेस हुन बाँकी नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सन्चालन, सुपरीवेक्षण र समन्वय पहिलो संशोधन अध्यादेश, सामाजिक सुरक्षा पहिलो संशोधन अध्यादेश र तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेश र औषधि तेस्रो संशोधन अध्यादेश छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button