संसद विघटन गर्नुभन्दा पहिल्यै माधव पक्षले मलाई छोडेर तमासा गरे: प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा विभाजन हुनुमा पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल पक्ष नै जिम्मेवार रहेको बताएका छन् ।

आइतबार प्राइम टेलिभिजनलाई दिएको अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले प्रचण्ड माधव पक्षकै कारण अहिलेको अवस्था आएको दावी समेत गरे । 

सर्वोच्च अदालतको फैसलापछि एमाले अध्यक्षको हैसियतले गरेका निर्णयहरु नसच्याउने पनि प्रस्ट पारेका छन् । माधव नेपाल र झलनाथ खनाल पक्षले ओलीले एकलौटी गुटको बैठक राखेर गरेका निर्णय खारेज गरे मात्रै चैत ७ को बैठकमा सहभागी जनाउने बताइरहेका बेला ओलीले त्यो निर्णय सच्याउन आफू तयार नभएको बताएका हुन् ।

उनले भने, ‘बैठकमा आउनुस्, वितण्डा गर्नु राम्रो हुँदैन । बाहिर अनेक प्रकारका तमासा बोली त्यो गरेर राम्रो हुँदैन ।’ ओलीले प्रचण्ड र नेपाल पक्षले देश र आन्दोलन विरुद्ध गल्ती गरेको दावी गर्दै गल्ती महशुस गर्नुपर्ने पनि बताए । ‘उहाँहरुले गल्ती महशुस गर्नुपर्छ । देशका विरुद्ध, आन्दोलनका विरुद्ध अपराध गर्नुभएको छ’, ओलीको आ​रोप छ । 

उनले संसद विघटन गर्नुभन्दा पहिल्यै माधव पक्षले आफूलाई छोडेर तमासा गरेको भन्दै प्रतिनिधि सभा विघटन गर्दैमा पार्टी फुटाउनुपर्ने बाध्यता नरहेको बताए 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button