सत्ताबाट हटाएर देखाउन ओलीको चुनौती

नेकपा (एमाले) अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले सत्ताबाट हटाएर देखाउन चुनौती दिएका छन् ।

शनिबार अखिल नेपाल महिला संघको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् । 

सत्ताबाट हटाउन चेतावनी दिँदै ओलीले कसैले हटाउन सके हटाएर देखाउन चुनौती दिएका हुन् । ‘कसैले हटाउन सक्छ भने हटाए हुन्छ । त्यसको सामना गछौँ’, ओलील भने,  ‘अहिले हटाए २० महिनापछि पार्टी दुई तिहाई बहुमतसहित सिंहदरबार छिर्छ ।’ ओलीले आफूबाहेक जनताको काम गर्ने देशमा कोही नभएको दाबीसमेत गरेका छन् । 

सँगै ओलीले चैत ७ गतेको केन्द्रीय कमिटी बैठक राखेको भन्दै उपस्थित हुन सबैलाई आह्वान गरेका छन् । वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनालतर्फ लक्षित गर्दै बैठकमा उपस्थित हुन आह्वान गरेका हुन् । 

‘प्रशस्त समय होस् भनेर चैत ७ गते केन्द्रीय कमिटी बैठक बोलाएको छु’, ओलीले भने, ‘यत्ति विघ्न टेलिभिजनले खिच्या छन् । सुनिन भन्न पाइने छैन ।’ ओलीले बैठकमा उपस्थित नभए विधानको व्यवस्थाअनुसार हुने चेतावनीसमेत दिएका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button