निर्वाचन आयोग निष्पक्ष भएन भने लोकतन्त्र टिक्दैन’ : उपेन्द्र यादव

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादवले नेकपा विवाद समाधान गर्न सक्रियता देखाउन निर्वाचन आयोगलाई सुझाव दिएका छन् । 
पार्टी निकट प्राध्यापक संघले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष यादवले नेकपाको विवादलाई निर्वाचन आयोगले धेरै दिन अल्झाएर राख्न नहुने धारणा राखे ।

दुई पक्षका लागि दुईटा टेबल राखेर कसको पक्षमा कति जना छन् भनि ‘परेड’ गराएर विवाद समाधान गरि दिनुपर्ने उनले सुझाव दिए । 

उनले निर्वाचन आयोगलाई पनि निष्पक्ष भएर काम गर्न सुझाव दिए । उनले भने, निर्वाचन आयोग पनि निष्पक्ष हुनुपर्छ, निष्पक्ष भएन भने लोकतन्त्र टिक्दैन ।’

उनले आयोगले देशलाई अनिर्णयको बन्दी बनाउन नहुने कुरामा जोड दिए । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगमन विरुद्ध आन्दोलन गरेका शक्तिहरु एक ठाउँमा आउनुपर्ने बताए । 

अहिलेको जटिलताबाट मुलुकलाई निकाल्न आवश्यक रहेको बताउँदै उनले आन्दोलनकारी शक्तिको बीचमा दुई वर्षको लागि भएपनि समझदारी बनाएर अगाडि बढ्नुपर्ने बताए ।

उनले भने,‘तर केपी ओलीकै नेतृत्वमा सरकार बनाएर अगाडि बढ्नु उचित हुँदैन ।’ यसको अगुवाई काँग्रेसले गर्नुपर्ने बताउँदै उनले सबैका ध्यान काँग्रेसतिर रहेको बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button