आलमलाई रिहा गराएरै छोड्छु : देउवा

 नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले निलम्बित सांसद मोहमद आफताब आलमलाई रिहा गराएरै छोड्ने बताएका छन् ।

रौतहटको गढीमाई नगरपालिकाद्वारा आयोजित विष्णु महायज्ञ उद्घाटन गर्न आएका पूर्वप्रधानमन्त्री देउवाले पार्टीका कार्यकर्ताहरूलाई सम्बोधन गर्दै आलमको मुद्दा अदालतमा विचाराधीन रहेको र अदालती प्रक्रियाबाटै उनी रिहा हुने बताए ।

रौतहटबाट निर्वाचित सांसद आलम इँटाभट्टामा जिउँदै मानिस जलाएर मारेको अभियोगमा कारागारमा छन् ।

देउवाले देश अहिले जटिल अवस्थामा रहेको भन्दै नेपाली काँग्रेस पार्टीले मात्र मुलुकलाई निकास दिनसक्ने दावी गरे ।

देशमा अहिले जताततै धार्मिक कार्यक्रम भईरहेको उल्लेख गर्दै उनले धर्मको प्रभावले देशमा शान्ति आउने विश्वाससमेत व्यक्त गरे ।

महायज्ञको उद्घाटन गर्ने अवसर दिएकोमा उनले गढीमाई नगरपालिकाका मेयर श्यामबाबुु यादवलाई विषेश धन्यवाद दिएका थिए ।

सोही अवसरमा कार्यक्रमका प्रमुख अतिथि काँग्रेस सभापति शेरबहादुर देउवालाई आयोजकले एकसय २१ किलोको माला लगाएर सम्मान तथा स्वागत गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button