प्रधानमन्त्रीलाई हटाउन अविश्वासको प्रस्ताव दर्ता हुन्छ : शशाङ्क कोइराला

नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले काङ्ग्रेस सरकारमा जानुपर्ने धारणा राखेका छन्।

निर्वाचन गराउने गरी काङ्ग्रेस सरकारमा जान उपयुक्त भएको उनले बताए। 

बुधबार भरतपुर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले मुलुकमा देखिएको राजनैतिक सङ्कट समाधानको लागि काङ्ग्रेस सरकारमा जानुपर्ने बताएका हुन्।  

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दाहाल–नेपाल समूहसँग मिलेर सरकारमा जानुपर्ने धारणा राखेका छन्। उनले  पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव कांग्रेस वा दाहाल–नेपाल समूहले दर्ता गर्ने जानकारी दिए।  

कांग्रेस सरकारमा नगइ पनि नेकपा विभाजन हुन्छ भने सरकारमा जानाको अर्थ नहुने उनको भनाइ थियो।

डा कोइरालाले भने, ‘नेकपालाई टुटाउने हो भने कांग्रेस सरकारमा जानुपर्छ। त्यसभन्दा पहिले नै टुट्छ भने सरकारमा गएर केही उपलब्धि हुँदैन।’

 उनले सबैभन्दा पहिले प्रधानमन्त्रीलाई हटाउनुपर्ने जनाउँदै त्यसका लागि अविश्वासको प्रस्ताव दर्ता हुने जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button