राजनीतिक दलका प्रतिनिधिहरुले रोके बञ्चरेडाँडामा फोहोर बोकेर गएका गाडी

काठमाडौंको फोहाेर बोकेर बञ्चरेडाँडा गएका गाडीहरु आज पनि पुन: बिच बाटोमै रोकिएका छन्। बन्चरेडाँडा ल्याण्डफिल साइट पुगेका सबै गाडीहरुलाई स्थानीय राजनीतिक दलका प्रतिनिधिहरुले बिच बाटोमै रोकिदिएका हुन्।

हिजो सत्तारुढ तीन दलका स्थानीय नेताहरुले फोहोर खसाल्न नदिने घोषणा गरेका थिए। नेकपा एमाले र राप्रपाका स्थानीय नेताहरुले पनि सोहि घोषणालाई समर्थन गर्दै आज फोहोर बोकेका गाडी रोकेका छन्।  

आइतबार पनि फोहोर बोकका गाडीहरु रोकिएका थिए। दैनिक २५० देखि ३५० फोहोर बोक्ने गाडीहरु बञ्चरेडाँडा पुग्ने बताएपनि आइतबार ९० वटा फोहोरका गाडीहरु मात्र बञ्चरेडाँडा पुगेका थिए।  

महानगरका मेयर बालेन शाहले आइतबार कसैले फोहोर पानीको मुहानमा लगेर फ्यालिदिएको र फोहोर बोक्ने गाडीले बाख्रा मारेकाले फोहोरको गाडी रोकिएको बताएका थिए। उनले ती दुई अवरोध हटाएपनि पुन: अवरोधको कसरत भइरहेको बताएका थिए।  

त्यस्तै उनले फोहोरको रास लगाएर त्यो भित्र झन् कुहिएको खेल खेलेर त्यसलाई राजनीतिको नाम नदिन पनि आग्रह गरेका थिए।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button