
अमेरिकी दवाव। देशका नेता भए नकाव।।
अमेरिकी दवाव। देशका नेता भए नकाव।।
अमेरिकी MCC सहायक विदेशमन्त्री डोनाल्ड लुले के. पी वली , प्रचण्ड र देउबालाइ टेलिफोन गरेर छिटो MCC पासगर्ने निर्णय गर्नुहोस Yes or No भन्नुस भनेका छन।
यता नेताहरू धर्मसंकट परेका छन । हामी जनताको चाहानाको सम्मान गरी No भन्दिनुस हाम्रो देश हाम्रो शान हाम्रो राजनेता मान्छौ ।। जनताको यत्रो बिरोध हुँदा पनि जबरजस्ती MCC पासगरे फेरि के होला ? आफै बिचार गर्न र अमेरिकी धक्की नेपाल र।नेपालीको स्वाभिमानमाथि गंभीर प्रहार भएको छ।
अमेरिकाले यसरी दवाव र आदेश लिनु र देशका नेता अमेरिकी दास तिनबटै नेतालाई धम्काएको छ। यसमा अमेरिकाले चीनलाई दोष दिएको छ। देशमा यतिधेरै लाखौंलाख जनता अमेरिकी प्रोजेक्ट MCC को विरोधमा हुदाहुदैपनि देशका नेतृत्वले देशको न जनताको सम्मान गरे न राष्ट्रको हिफाजत ! यस्ता राष्ट्रिय अपराधीलाई के भन्ने यिनीहरूमा नैतिकता भए तत्कालै सत्ताबाट बाहिरीनु पर्नेमा देशको प्रधानमन्त्री शेर बहादुर देउवालाई लज्जाबोध हुदैन , प्रचण्डलाई गठबन्धन सरकारबाट अलग हुन सक्दैनन र माधव कुमार नेपाल दुई जिव्रेको चरितार्थ गरि आन्दोलन गर्छु भनेर जनतालाई भ्रम र अप्रत्यक्ष चुनावी नौटंकी गरिरहेका छन।
MCC का अध्यक्ष फातिमा सुमरले MCC सदनबाट पास नगरे अन्तर्राष्ट्रिय सहयोग बन्दगर्ने धम्की दिएकी छन। मानौ कि नेपाल अमेरिकी देशको राज्य हो। यस्तो अवश्था बनाउन अमेरिका होइन हुन त देशका राष्ट्रघाती नेतृत्व। हाल आएर अमेरिकाले चीनलाई दोष दिएको छ। अमेरिकी कुटनैतिक र अमेरिकी राजदूतले यो सम्झौताको बिरूद्धमा नेपाल स्थित अमेरिकी राजदुतावासमा MCC को बिरूद्व जनताले घेराउ गरेको र प्रहरी हस्तक्षेप समेतको के जानकारी पाएन। अब अमेरिका चीनसँग वाकयुद्ध गर्न चहान्छ।
आज नेपाल आमाको छातीमा बुट बजार्न र देशको राष्ट्रियता र स्वाधीनता समाप्त पार्न अमेरिका,भारत र युरोपेली युनियन समेत लागेको छ। सरकार र देशका नेतृत्व त विदेशीका गुलाम भएर देश लिलाम गर्न लागेका छन। हामीले देशलाई हरहालमा बचाउनु पर्छ। हामीले पानी खाएर ” पिएर ” बाँचौला तर देश अमेरिकालाइ सुम्पिन दिन्नौ अमेरिकी विस्तारवादद्वारा देशलाई सुरक्षित राख्न सक्ने भनेको जनता हौ। जन नागरिक राष्ट्रप्रति जिम्मेवार बनौ देशलाई हामी सबै मिलेर बचायौ। जय मातृभूमि नेपाल ।।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1



