![](http://i0.wp.com/koshedhungaonline.com/wp-content/uploads/2021/01/oli1611402062.jpg?resize=780%2C414&ssl=1)
कुस्ती नै खेल्ने हो, बलियो छु भन्ने लाग्छ भने प्रतिश्पर्धा गरौं : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले मुलुकमा प्रधानमन्त्रीको खोजी भईरहेको बताएका छन् । प्रधानमन्त्री खोज्न दौडादौड चलिरहेको उनले बताए ।
![](http://i0.wp.com/koshedhungaonline.com/wp-content/uploads/2022/08/skm_97x90.jpg?w=708&ssl=1)
‘दिए खान्थे मायाँको दाहिने हातैले भनेजस्तो अहिले प्रधानमन्त्री खोज्नमा भएको छ,’ पोखरामा कार्यकर्ता भेलामा प्रधानमन्त्री ओलीले भने, ‘साथीहरुले मागिदिए म पनि प्रधानमन्त्री हुन्थे भन्ने छ । दिए खान्थे म पनि प्रधानमन्त्री भन्ने अवस्था आएको छ ।’
![](http://i0.wp.com/koshedhungaonline.com/wp-content/uploads/2022/08/tobacco-online-add.gif?w=708&ssl=1)
संसदीय अभ्यास र विधि, पद्दतीबाट प्रधानमन्त्री बन्न आउन उनले अनुरोध गरे । ‘विधि प्रक्रियाबाट आउनुस, मागेर केही हुँदैन,’ ओलीले भने, ‘डेढवर्ष प्रतिपक्षमा बसौंला, त्यसपछि दुईतिहाइको बहुमतमा आउँछौ । हामीलाई जालझेल गर्नुछैन ।’
आफुलाई अघिल्लो पटक पनि प्रधानमन्त्रीबाट हटाइएको उनले बताए । एकै पार्टीमा भएर पनि माधव नेपाल र झलनाथ खनालले आफुलाई हटाउन लागिपरेको उनले बताए ।
नेपाल र खनालले पुष्पकमल दाहाललाई उकासेको पनि ओलीले बताए ।
‘पद्दती, प्रक्रियाबाट आउनुस, प्रधानमन्त्री हटाउने विधि थाहा भयो होला,’ उनले भने,’ ‘उनीहरुले यो कुरा थाहा पाए होलान ।’ अभिवश्वासको प्रस्ताव राखेर आफुलाई हटाउन उनले चुनौती दिए । ‘कुस्तीमा कसले हार्छ भन्ने थाहा हुनुपर्छ ।
नियम थाहा हुनुपर्छ । कुस्ती नै खेल्ने हो, बलियो छु भन्ने लाग्छ भने प्रतिश्पर्धा गरे हुन्छ,’ ओलीले भने ।