रवि लामिछानेको आज हुने कार्यक्रमको तस्बिर भएको प्रचार सामाग्री च्यातिएको अवस्थामा भेटिएपछि…

२६ साउन ।

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको तस्बिर भएको प्रचार सामाग्री च्यातिएको छ ।

भोली शुक्रबार मकवानपुरको हेटौँडा उपमहानगरपालिकाको रोयल पार्टी प्यालेसमा हुने जिल्ला भेलाको प्रचारको लागि हेटौँडाको बुद्धचोबाट टासिँएको पोष्टर आज बिहान च्यातिएको अवस्थामा भेटिएको हो ।

पोष्टर कसले च्यात्यो भन्ने विषयमा जिल्ला प्रहरी कार्यालय मकवानपुर सोधपुझ गर्ने भएको छ ।

प्रचण्डले राष्ट्रपतिलाई नागरिकता विधेयक फिर्ता गरे राम्रो हुन्न भनी धम्क्याउनु गैरजिम्मेवारपना हो भन्दै गर्जिए भिम रावल : नेकपा एमालेका सांसद भीम रावलले माओवादीका अध्यक्ष प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीलाई नागरिकता विधेयक फिर्ता गरे राम्रो हुन्न भनी धम्क्याउनु आपत्तिजनक भएको बताएका छन् ।

पाँच दिने जापान भमण सकेर स्वदेश फर्किएका प्रचण्डले बुधबार अन्त राष्ट्रिय त्रिभुवन विमान स्थलमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणिकरण नगरेको भन्दै आपत्ती जनाएका थिए । .

यही विषयलाई लिएर नेता रावलले सामाजिक सञ्जाल माफृत भनेका छन् , ‘जापानबाट “प्रचण्ड” ले नागरिकता विधेयक फिर्ता गरे राम्रो हुन्न भनी राष्ट्रपतिलाई धम्क्याउनु, नेपाल नआएका जापानी पूर्व प्रमं आवेसंग नेपालमा पटक–पटक कुरा गरेको भन्नु अमर्यादित र आपत्तिजनक छ। एक पूर्व मन्त्रीसंग भेटवार्ता गरेर दुइ देशको सम्बन्ध उचाईमा पुग्ने भन्नु फगत गफ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button