नागरिकता समस्या समाधान गर्न भारतसँगको खुला सीमा बन्द गर्नुपर्छ : प्रेम सुवाल

२९ असार, काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नागरिकता समस्या समाधानका लागि नेपाल-भारतबीचको खुला सीमा बन्द गर्नुपर्ने बताएका छन् ।

बुधबार प्रतिनिधिसभामा नागरिकता विधेयकमाथि विरोधको सूचना पेश गर्दै उनले भने, नेपाली नागरिकता नेपाली जनताले पाउनुपर्छ । र, यो नागरिकता समस्या समाधान गर्न नेपालको खुला सीमा बन्द हुनुपर्छ । र, यसको सिमानालाई नियमन गर्न जरुरी छ’ उनले भने ।

सांसद सुवालले जन्मको आधारमा नेपाली नागरिकता पाएकोहरुको तत्काल छानबिन गरी विदेशीले पाएको भए खारेज गर्न पनि सरकारलाई आग्रह गरेका छन् ।

उनले नेपालीसँग विवाह गरेका विदेशी नागरिकलाई २० वर्ष निरन्तर नेपालमा बसोबास गरेको र नेपालको कुनै एउटा भाषा र संस्कृतिमा लिखित परीक्षा र अन्तर्वार्ता उतीर्ण गरेपछि कृत्रिम नागरिकता दिने व्यवस्था गर्नुपर्ने धारणा राखे ।नागरिकता विधेयक देशको सार्वभौमिकतासँग समेत सम्बन्धित भएको हुँदा स्थानीय तहका जनतासँग समेत छलफल गरी सुझाव लिएर मात्र यसलाई अगाडि बढाउनुपर्ने सांसद सुवालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button