
गभर्नर अधिकारीबारे एमाले सांसदको प्रतिरक्षा
नेकपा एमालेका सांसद कृष्णभक्त पोखरेलले एम अधिकारी गभर्नर महाप्रसाद अधिकारी नभएको भन्दै प्रतिरक्षा गरेका छन् । बुधबारको प्रतिनिधिसभा बैठकमा सांसद पोखरेलले सत्तापक्षका सांसदले महाप्रसाद अधिकारी आफैले उक्त व्यक्ति आफु होइन भनिसकेको अवस्थामा सत्तापक्षले अर्थमन्त्रालयको असक्षमता लुकाउन विषयान्तर गरी मनोगत भावना राखेको बताए । ‘अर्थ मन्त्रालयको असक्षमता लुकाउन विषयान्तर गरी मनोगत भावना राखेको देख आफैलाई दयाभाव जागेको छ’, पोखरेलको भनाइ छ । उनले भने, ‘स्वयं महाप्रसादजीले म कुनै पार्टीमा छैन भन्ने वक्तव्य दिइसकेको विषयमा संसदमा प्रश्न उठाउन मिल्ने विषय पनि होइन ।’ उनले माफियाहरूलाई कर छुट नगरे बापत विषयान्तर गरिएको समेत बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1



