चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख काठमाडौंमा

उत्तरी छिमेकी चीनको सत्तारूढ दल चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियानचाओ काठमाडौं आएका छन्।

केही समयअघि मात्रै चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभाग प्रमुखको जिम्मेवारी सम्हालेका जियानचाओ चार दिने भ्रमणका लागि आइतबार बिहान काठमाडौं आइपुगेका हुन्।

बिहान १० बजेतिर आठ सदस्यीय टोलीको नेतृत्व गर्दै जियानचायो चार्टर्ड जहाजमा काठमाडौं आइपुगेका हुन्।

काठमाडौंमा रहँदा जियानचाओले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत नेताहरूसँग भेटघाट गर्ने छन्।

उनले आजै दिउँसो प्रधानमन्त्री देउवालाई भेट्ने छन्।

जियानचाओले सोमबार माओवादी अध्यक्ष प्रचण्डसँग र मंगलबार बिहान एमाले अध्यक्ष ओलीसँग भेटवार्ता गर्ने कार्यक्रम छ।

यसअघि उनले यी दुबै नेतासँग भर्चुअल कुराकानी गरेका थिए।

गत चैतमा चिनियाँ विदेश मन्त्री वाङ यीले नेपाल भ्रमण गरेका थिए। उनीपछि नेपाल आउने  जियानचाओ उच्च चिनियाँ अधिकारीहरू हुन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button