काठमाडौंको अस्पतालमा ‘बम’ राखेर ३ करोड फिरौती माग्ने समूह पक्राउ

काठमाडौंको पुरानो बानेश्वरस्थित मातृका आँखा अस्पतालमा ‘बम’ राखेर फिरौती माग्ने समूहलाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले काठमाडौं र धादिङबाट ३ जनालाई पक्राउ गरेको हो ।

आरोपीहरुलाई दिउँसो पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिने महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) रमेश कुमार बस्नेतले  बताए । भदौ २५ मा आँखा अस्पतालमा फेला परेको बम सेनाको टोलीले निस्क्रिय बनाएको थियो ।

धादिङका दुई युवा र रोल्पा घर भएका एकजना युवाले बम राखेर आँखा अस्पतालमा सञ्चालक किशोर प्रधानसँग ३ करोड फिरौती मागेका थिए । मातृका आई सेन्टरको तेस्रो तलास्थित शौचालयमा बम भेटिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button