
दुषित राजनीति र अकर्मण्यताको दुःखद पराकाष्ठा ।
दुषित राजनीति र अकर्मण्यताको दुःखद पराकाष्ठा ।
राजनीतिमा लागेपछि दुश्मन बढछ भन्थे।आज प्रमाणित हुदैछ।
पर्शाको बिकाशका बाधकहरूले यो राजनीतिक फोहरी खेल खेल्दैछन।
राजनीतिमा लागेपछि खुट्टा तान्ने प्रवृत्तिको अन्त्य कि निरन्तरता आखिर कहिले सम्म ?
देशमा रहेका संचार माध्यमले जनताको भावना सामाजिक र राष्ट्रिय रूपमा सरकार तथा समाजलाई सही मानेमा रूपान्तर गर्न अहम भूमिका खेलेको हुन्छ। देशमा हुने भ्रष्टाचार ,विसंगति, विभेद, देश दोहन, सामाजिक विकृतिको बिरूद्धमा जनता र सरकारलाई खवरदारी गर्ने काममा संचार जगतको महत्त्वपूर्ण भूमिका रहेको हुन्छ। नेपालमा संचार जगत र संचार क्षेत्रलाई राज्यको चौथो अंगको रूपमा सम्मान गरेको छ। यश अर्थमा संचारकर्मी पत्रकार जगतलाई सम्मान गर्नु नै पर्दछ।
बिषय हो वीरगंजको !
हो नेपालमा बसेर दोहोरो नागरिकता लिएर बसेको र जिल्ला प्रशासन कार्यालय अर्थात पर्शका प्रमुख जिल्ला अधिकारी ज्यूलाई जोडेर मेरो र स्वयं प्रमुख जिल्ला अधिकार को चरित्र हत्या गरिएको छ।
वीरगन्जबाट प्रकाशित हुने सुर्यचन्द्र न्यूज सम्वाददाता मार्फत प्रकाशित समाचारमा भारतीय नागरिकलाई ज्वाइँ सरह सम्मान गरिएको छ भनी समाचारमा उल्लेख गरिएको छ। मैले भारतीय नागरिकता त्यागेर भारतीय कानुन बमोजिम विधि विधान र सिष्टम बमोजिम मैले नेपाली नागरिकता लिएको हो। यसमा सबै प्रमाण जिल्ला प्रशासन कार्यालयमा पेश गरेको छु। मानिसको चरित्र हत्या गर्न अहिले आएर मेरै पार्टी केही व्यक्तिले मेरो, जन सम्मान, निष्ठा,ण मान,प्रतिष्ठा ,व्यापारीक प्रतिष्ठा गिराउन पत्रिकाको साहारा लिएर बदनाम गर्दैछन।
स्मरण रहोस गत महिना वीरगन्जबाट प्रकाशित हुने पत्रिकाले मलाई मानषिक रूपमा दवाव दिएर नागरिकताको बिषयमा समाचार प्रकाशित गरेका थिए र पैसाको डिमान्ड गरेका थिए तर म गैर नागरिक नभएर नेपाली नागरिक र एउटा सरकारलाई सही तरीकाले कर बुझाउने प्रतिष्ठित व्यापारीमा मपनि पर्छु। मैले २ दशक देखि भारतीय नागरिकता त्यागेर नेपाली नागरिकता लिई देशको सेवा गरेर बसेको एउटा ईमानदार व्यापारी र राजनीतिज्ञलाई पटकपटक यस्तो गलत लान्छना लगाउनु खेदजनक ,दुराग्रही, प्रतिषोध र रिसईबी भएको स्पस्ट छ। यस्तो पित पत्रकारिताको कारण अन्य सम्मानित पत्रकार समेतको वारेमा नकारात्मक संदेश जान्छ।
पत्रकारको धर्म के हो कोही कसैको वारेमा न्यूज आउँछ भने जसको वारेमा हो उ संग के कुरा हो भनेर सोध्ने र उसको अभिव्यक्ति समेत समाचारमा राख्न पर्दैन ? पार्टीसंग र पार्टी अध्यक्ष मा. राजेन्द्र लिङ्गदेनसंग बसेको फोटो सार्वजनिक गरेर के गर्न खोजिएको हो ? राजनीतिमन भाग लिन पाउने नागरिक अधिकार हो। खुट्टा तान्नु र बदनाम गर्नु भन्दा मैले भन्दा राम्रो काम गरेर समाजमा देखाऊ मेरो शुभकामना छ। हो मानिषमा गुण र दोष हुन्छन। अपराध गर्नेले सजायपनि पाउँछन् र पाउनु पर्छ तर धमिलो पानीमा माछा मार्छु भन्नेले त्यही दुषित पानीले हैजा जस्ता रोगको सिकार हुनपनि सकिन्छ।
समय आफ्नो बसमा हुदैन । आकाशमा उडिरहेको चील जति माथि आकाशमा उडेपनि आखिर जमीनमा आउनु नै पर्छ। नभएको बिषयलाई तिललाई पहाड बनाएर कोही कसैको चारित्रिक हत्या गर्नु कहाँ सम्मको घृणित व्यवहार हो ?
विगतमा पनि यसै समाचारको खन्डन र प्रतिक्रिया मैले सार्वजनिक गरेको थिए। राजनीतिमा लागे पछि सातपुस्ता र दुश्मन लाग्छन भन्थे त्यही भएको छ। मैले भारतीय नागरिकता परित्याग गरेको सबै प्रमाण सिडियो साहेवमा प्रस्तुत गरेको छु।
वहाँले यस बिषमा सत्यतथ्य के हो अनुसन्धान गरिरहनु भएको छ। अनुसन्धानलाई प्रभाव पार्ने र स्वयं जिल्ला प्रशासन प्रमुखलाई मेरो मेटरमा बदनाम गर्ने अधिकार के यो पत्रिका र सम्पादकलाई छ???
यसमा म फेस गर्न तयार छु। आज पर्शमा मेरो राजनीतिक उपस्थितिका कारण बदनाम गर्न पर्शाको बिकास र सम्मृद्धि मन नपराउने हरूले बिशेषतः पार्टीकै मानिस लागेर बदनाम गर्न खोजिएको हो। यसमा समस्त पर्शा बाशीमा म गलत नभएको यसका वारेमा राष्ट्रिय पार्टी नेतृत्व ,पार्टीपंक्ति र वीरगंजबासीमा जानकारी गराउछु। यो दुश्मनी साध्ने षडयन्त्रको दुश्कर्म भएको मेरो फेसवुक संजालबाट अनुरोध र अपिल गर्दछु। जय राष्ट्रवाद। जय मातृभूमि नेपाल।।
नरेश कुमार शाह । पर्शा बीरगंज।।
नेता राष्ट्रिय प्रजातन्त्र पार्टी पर्शा।।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1



