मंसिर २ गते एकैचरणमा चुनाव गर्न निर्वाचन आयोगको प्रस्ताव

निर्वाचन आयोगले मंसिर २ गते चुनाव गर्न सरकारलाई प्रस्ताव गरेको छ।

बुधबार बालुवाटारमा आयोगका पदाधिकारीहरूले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर मंसिर २ मा एकै चरणमा संघीय/प्रदेश सभा सदस्य निर्वाचन गर्न प्रस्ताव गरेका हुन्।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाका अनुसार मंसिर २ मा चुनाव गर्न आयोगले प्रस्ताव गरेको हो।

आयोगका पदाधिकारीहरूले प्रधानमन्त्री देउवा, गृहमन्त्री बालकृष्ण खाण र मुख्यसचिव शंकरदास बैरागीसँग छलफल गरेका हुन्।

‘मंसिर २ मा चुनाव गर्न प्रस्ताव गरिएको छ। यसैको सेरोफेरोमा चुनाव गर्ने गरी सरकारले मिति घोषणा गर्छ,’ थपलियाले भने।

प्रधानमन्त्री देउवाले सरकारले छिट्टै निर्वाचनको मिति तय गर्ने बताएका थिए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1

सम्बन्धित समाचार

Back to top button