पुनःस्थापनाले स्वेच्छाचारी तानाशाही कदमको अन्त्य गरेको छ :रामकुमारी झाँक्री

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव नेपाल समूहकी नेतृ तथा सांसद रामकुमारी झाँक्रीले सर्वोच्च अदालतले संसद पुनर्स्थापना गरेपछि स्वेच्छाचारी तानाशाही कदमको अन्त्यसँगै समग्र जनताको सम्मान गरेको बताएकी छन् ।

उनले अव फैसलालाई कानुनी राज्य र लोकतन्त्रको पक्षमा भनेकी छन् ।

सर्वोच्च अदालतको फैसलापछि झाँक्रीले भनिन्, ‘स्वेच्छाचारी शासकको असंवैधानिक कदम सच्याउन, लोकतन्त्र र संविधानको रक्षाका लागि संसद पुनर्स्थापना अनिवार्य थियो ।

यो पुनःस्थापनाले स्वेच्छाचारी तानाशाही कदमको अन्त्य सँगै समग्र जनताको सम्मान गरेको छ ।’

उनले असंवैधानिक प्रतिगामी कदम विरूद्ध सडकमा आउने सम्पूर्ण न्यायप्रेमी जनसमुदाय बिभिन्न राजनीतिक दल, पार्टी सदस्य समर्थक शुभेच्छुक सबैप्रति हार्दिक आभार प्रकट गरेकी छन् ।

विधायकी मनसाय, संविधानको अक्षर र भावनाको सहि ब्याख्या गर्ने न्यायालय, संवैधानिक ईजलासका सम्माननीय प्रधानन्यायाधीश सहित माननीय न्यायाधीशज्यूहरू प्रति हार्दिक धन्यवाद हाम्रो रिट निवेदनको पक्षबाट अनवरत बहस पैरवी गर्ने विद्धान वरिष्ठ कानून व्यवसायी र कानून व्यवसायीक मित्रहरू प्रति हार्दिक आभार प्रकट गर्दछु ।

समग्रमा यो जनताको जित हो। कानुनी राज्य र लोकतन्त्रको जित हो । सबैमा हार्दिक बधाई !’ झाँक्रीले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button