गभर्नर महाप्रसाद अधिकारी ठिक,अर्थमन्त्री जनार्दन शर्मा बेठीक

अर्थमन्त्री जनार्दन शर्मा अर्थमा कम्जोर र अर्थ सम्बन्धि विज्ञ नभएको परिणाम गभर्नरले व्यहोर्नुपर्ने भयो । आयातित वस्तुहरुमा कमिसन खान नपाउने भएपछि गभर्नरलाई हटाइएको हो ।

गभर्नर महाप्रसाद अधिकारीको कारणले मुलुकको अर्थतन्त्र ध्वस्त र शेयर बजार ओरालो लागेको भन्ने बुझाई सरासर बेठीक र गलत हो । अर्थमन्त्री अर्थ सम्बन्धि विज्ञ र अर्थमा जानकार हुनुपर्ने हुन्छ । बन्दुक बोक्नेलाई अर्थमन्त्री बनाएपछि मुलुकको अर्थतन्त्र ध्वस्त हुनु र शेयरबजार ओरालो लाग्नु स्वभाविक हो ।

गर्भनरलाई निलम्बित गर्नुको कारण के हो भने गभर्नरले केही वस्तुहरुको आयात एलसीमा कडाई गरेकोले निलम्बित गरेको हो मेरो बुझाई रहेको छ । शेयरमा मेरो पनि लगानी छ ।

तर गभर्नर महाप्रसाद अधिकारीलाई प्रधानमन्त्री शेर बहादुर देउवा सरकारले निलम्बित गरेको प्रति म खुशी छैन । केही स्वार्थी र अवसरवादीहरु गभर्नरलाई सरकारले निलम्बित गरेपछि शेयरको भाव बढछ भनी सामाजिक संजालहरुमा खुशी व्यक्त गरेका छन । तर म खुशी भएको छैन । राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले अर्थमन्त्रीलाई २०७९ असार मसान्तसम्मका लागि गाडी र मोटरसाईकल जस्ता कुराहरुको आयातमा प्रतिबन्ध लगाउन पर्ने सहितकमा १५ बुँदे सुझाव नै दिएका थिए ।

यसअघि पनि राष्ट्र बैंकले करिब १४०० हारहारीका बस्तुको आयातलाई निरुत्साहित गर्न आयातकर्ताले सामान्य अवस्थामा भन्दा बढि रकम बैंकमा जम्मा गर्नुपर्ने व्यवस्था गरेको थियो । पुस पहिलो सातादेखि नै आयातमा कडाई गर्ने निती लिइएको भएतापनि त्यसको प्रभाव अपेक्षाकृत ढंगले नभएपछि राष्ट्र बैंकले थप कडाईको निती लिएको थियो ।

यी हुन् राष्ट्र बैंकले आयातमा थप कडाई गरेका वस्तुहरुः

१) खाद्य सामाग्री: यसमा धान चामलदेखि चकलेटसम्म पर्दछन् । पछिल्लो समय मसिनो चामलको आयातमा बृद्धि भएपछि यसलाई नियन्त्रण गर्न खोजिएको हो । यससँगै माछा, मदिरा, चिप्स, दुग्धजन्य पदार्थ, अण्डा तरकारी तथा गेडागुडी, चिया, कफिजस्ता बस्तुहरुको आयातमा कडाइ गरिने ।

२) लत्ताकपडाः रेडिमेड कपडाको आयातमा बर्षेनि धेरै रकम बाहिरिएपछि राष्ट्र बैंकले लत्ताकपडाको आयातलाई रोक्ने निती लिएको हो । रेडिमेड कपडामात्र नभएर धागो, जुत्ता, चप्पल, छाता र तन्ना जस्ता कुराहरु पनि अब ल्याउन नपाइने ।

३) सवारी साधनः गाडीको आयातमा यसअघि नै कडाइ गरेको थियो । आयातमा मार्जिनको व्यबस्था गर्दासमेत आयातलाई नियन्त्रण गर्न नसकेपछि यसलाई रोक्ने निर्णयमा राष्ट्र बैंक पुगेको हो । चालु आर्थिक वर्षको आठ महिनासम्ममा ७५ अर्ब रुपैयाँ बराबरको सवारी साधान र तिनका पार्टसहरु आयात भएको देखिन्छ जुन गत बर्षको तुलनामा २१ प्रतिशतले बढी हो । कडाइ गर्दा समेत आयातमा २१ प्रतिशले बृद्धि भएपनि अहिले राष्ट्र बैंकले २०७९ असार मसान्तसम्मका लागि गाडी र मोटरसाइकलको आयातमा पूर्ण प्रतिबन्ध लगाउन सुझाव दिएको थियो ।

४) गरगहनाः राष्ट्र बैंकले गरगहनाको आयातमा पनि कडाई गर्न भनेको छ । सुन चाँदीको आयातलाई निरुत्साहित गर्ने उद्देश्यले पुस पहिलो सातादेखि नै यस्ता वस्तुको आयातमा १०० प्रतिशत मार्जिनको व्यवस्था गरिएको थियो यसरी पनि आयात नघटेपछि यसलाई रोक्ने निर्णयमा पुगिएको हो । यो आर्थिक बर्षको ८ महिनाको अवधिमा नेपालमा २८ अर्ब १७ करोडको सून र १२ अर्ब ८० करोड रुपैयाँ बराबरको चाँदी आयात भइसकेको छ ।

५) सौन्दर्यका सामाग्रीहरुः राष्ट्र बैंकले परफ्युम, कस्मेटिक्स सामानहरु, दाँतमा लगाउने तार, लुगा धुने पाउडर, साबुन, मोती बहुमूल्य ढुंगा लगायतका विभिन्न सौन्दर्य साधानहरुको आयातलाई नियन्त्रण गरिने ।

६) निर्माण सामाग्रीः फर्निचर लगायतका विभिन्न काठका बस्तुहरु, सजावटका सामाग्रिहरु, मार्बल, सिमेन्ट, सेरामिकका सामान, ढुंगाको सिमेन्ट लगायकतका निर्माण सामाग्रि पनि आयात गर्न नपाइने ।

७) अन्य वस्तुहरुः चालु आर्थिक वर्षको आठ महिनामा ३१ अर्ब रुपैयाँ बराबरको मोबाइल आयात भएको तथ्याङ्कले देखाँउछ । अब मोबाइल, खेलौना, खेलकुदका सामाग्री, चुरोट, सुर्तीजन्य वस्तु, घडी, प्लाष्टिक र प्लाष्टिक जन्य अन्य बस्तुहरु पनि अब मनलाग्दी रुपमा आयात गर्न नपाईने । सबै कमिसनको खेल हो । वस्तुहरुको आयात एलसीमा गभर्नरले थप कडाइ गरेकोले कमिसन खान नपाईने भएकोले नै गभर्नर महाप्रसाद अधिकारीलाई सरकारले निलम्बित गरेको हो ।

स्वतन्त्र नेपाली नागरिक:राकेश कुमार शर्मा । मोबाइल नम्बर ९८४८०५५७७६ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button