माओवाद ब्रान्ड समातेर देश विकास हुँदैन :बाबुराम भट्टराई

काठमाडौं :

पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले माओवाद ब्रान्ड समातेर देश विकास नहुने बताएका छन् । राष्ट्रिय आर्थिक सरोकार समाज, नेपालले काठमाडौंमा आयोजना गरेको नेपाली अर्थतन्त्रको समसामयिक मुद्दाहरू र समाजवादउन्मुख अर्थतन्त्र निर्माणको कार्यदिशामाथि छलफलमा बोल्दै पूर्वप्रधानमन्त्री भट्टराईले यस्तो बताएका हुन् ।

उनले समय धेरै फेरिइसकेको भन्दै अब मोओको अर्थ राजनीतिको पक्षबाट आर्थिक विकास हुन नसक्ने बताए । पूर्वप्रधानमन्त्री भट्टराईले माओवादीका नेताहरूलाई अब त्यागी भएर आर्थिक विकास र समृद्धिको बारेमा सौच्न पनि सुझाब दिए । उनले छिटो दुई अंकको आर्थिक वृद्धिदर हासिल गर्नको लागि, रोजगार सिर्जना गर्न र व्यापार घाटा घटाउन तथा तीव्र गतिले देश विकास गर्न हिजोको उदारवाद र साम्यवादको मोडेलभन्दा फरक ढंगले अघि जाने आँट गर्नुपर्ने बताए ।

पूर्वप्रधानमन्त्री भट्टराईले भने, ‘अब हामीले माओवादी ब्रान्ड समातेर देशको विकास हुँदैन, जनयु’द्धप्रति मलाई गर्व छ । तैँले ह’ ‘त्या गरिस् भन्छन्, मैले ह’ ‘त्या त गरेको होइन, क्रान्तिका क्रममा भएको हो। माओवादको एउटा फौजी पक्ष थियो, त्यसको हामीले सफलतापूर्वक प्रयोग गरेका थियौँ । तर अब जहाँसम्म आर्थिक निर्माणको पक्ष छ, पुरानो सत्ता भत्काउन त फौजी पक्षको आवश्यकता थियो हामीले भत्कायौँ । तर नयाँ निर्माण गर्नको निम्ति अब त अर्थ राजनीति पक्ष जरुरी छ । अब माओको अर्थ राजनीतिको पक्षबाट पुग्दैन ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button