माओवादी नेता पुनको काँग्रेसलाई चेतावनी ‘बिचार गरेर बोल्नु एमाले झैँ सत्तावाट सडकमा आउनुपर्ला’

काठमाडौ । निर्वाचनको मिति नजिकिदै जाँदा सत्तामा रहेका दलका नेताहरुबीच एक अर्कालाई हिलो छ्याप्ने गरी अभिब्यक्ति दिन थालेका छन् । नेपाली कांग्रेसले माओवादी र एकिकृत समाजवादीका नेताहरु लक्षित केही टिप्पणी गरेका छन् । त्यसको जवाफ दिँदै नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’ले विचार गरेर बोल्न कांग्रेस नेताहरुलाई चेतावनी दिएका छन् ।

उनले एमाले सरकार पनि यस्तै अभिब्यक्तिका कारण सरकारवाट सडकमा आएको दावी गर्दै कांग्रेसलाई पनि त्यस्तै हुनुपर्ने चेतावनी दिएका छन् । माओवादीकै बुई चढाएर सत्तामा पुगेको कांग्रेसले माओवादी विरुद्ध अभिब्यक्ति दिन नहुने उनको तर्क थियो । सडकबाट सत्तामा पुर्‍याएको कांग्रेसका केही नेतामा उन्माद देखिएको भन्दै पुनले आ क्रो श पोखेका छन्।

उनले माओवादी केन्द्र र सत्ता गठबन्धनमा आवद्ध अरू दललाई सार्वजनिक टिप्पणीमार्फत हेप्न र अपमान नगर्न चेतावनी दिएकाछन् । पुनले सत्तामा रहेकालाई सडकमा र सडकमा रहेकालाई सत्तामा पुर्‍याउने हैसियत आफूहरूको रहेकाले विचार गरेर बोल्न सचेत गराए।

‘पाँच वर्षका लागि सडकमा पुगेको कांग्रेसलाई बुई चढाएर हामीले सत्तामा पुर्‍याएका हौं। आज केही कांग्रेस नेतामा सत्ता उन्माद देखिएको छ’, माओवादी लुम्बिनी प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै पुनले भने, ‘कांग्रेसका केही नेताले माओवादी केन्द्र र सत्ता गठबन्धनमा सहभागी दललाई हेप्ने, अपमान गर्ने र सार्वजनिक टिप्पणी गर्ने गरेका छन्। हामी सरकार बनाउन सक्छौं, भत्काउन पनि सक्छौं। सडककालाई सत्तामा र सत्ताका लागि सडकमा पुर्‍याउने ताकत हामीसँग छ। यो कांग्रेस नेताहरुले बुझ्न जरुरी छ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button