भीम रावललाई देउवाको कडा टिप्पणी, एमसीसी ल्याउँदा उसबेला दिमाग खुस्क्याथ्यो, मन्त्रीबाट राजीनामा दिनुपर्दैन ?

काठमाडौ । अमेरिकी सहयोग एमसीसीका बारेमा सबैभन्दा धेरै विरोध गर्ने नेकपा एमालेका नेता भीम रावललाई प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कडा जवाफ दिएका छन् । प्रधानमन्त्री देउवाले भीम रावलले एमसीसीका बारेमा गरेको बिरोधको जवाफ दिएका छन्।

एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री र रावल रक्षामन्त्री भएको मन्त्रिपरिषद् बैठकले एमसीसी संसदमा पेस गर्ने निर्णय गरेको भन्दै प्रधानमन्त्री देउवाले कडा प्रतिक्रिया दिएका हुन्। उनले भीम रावललाई त्यती बेला नै किन मन्त्री पदवाट राजिनामा नदिएको ? भनेर प्रश्न गरेका छन् ।

नुवाकोटको किस्पाङ गाउँपालिकाको प्रशासकीय भवन उद्घाटनका क्रममा उनले भने, ‘आफैं रक्षामन्त्री भएको क्याबिनेटबाट पास गरेर एमसीसी पास गर्न संसदमा ल्याउने, अहिले किन टाउको दुख्यो ? उसबेला दिमाग खुस्क्याथ्यो ? त्यो बेला किन बिरोध नगरेको ? राजीनामा गर्नुपर्दैन, लाज छैन ?’

प्रधानमन्त्री देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीसंग एमसीसीका बारेमा सहमति लिएर संसदमा पेश गरेको बताएका छन् । ओलीले संसदमा पेश गर्नु भने पछि आफुले पेश गरेको बताए ।

उनले थपे, ‘आफैं पास गर्ने, मन्त्री हुने, राजीनामा किन गर्नुभएन ? के हेरेर बसेका थिए ? उनले राजिनामा गर्नुपर्थ्यो।’ रावलले अहिले विरोध गर्नुको तुक नभएको बताउँदै लाज मान्नुपर्ने देउवाको भनाइ थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button