यी नेताहरुलाई जेल पठाउने प्रधानमन्त्री ओलीको तयारी– प्रचण्ड, माधव, देखि डा. बाबुरामसम्मको फाइल खुल्दै

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी बिभाजित भएपछि प्रधानमन्त्री केपी शर्मा ओली सत्ता सम्हालेका छन् भने प्रचण्ड नेपाल समूह सडकमा छ । यस समुहका अध्यक्ष माधवकुमार नेपालले पटक पटक आफूलाई जेल हाल्ने प्रयास हुँदै आएको बताइरहेका छन् ।

नेता नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि आफू र प्रचण्डलाई समात्ने योजना बनाएको आरोप लगाएका हुन् । उनले उक्त कुरा आइतबार तेह्रथुममा बोलेका हुन् ।

संयोग पनि कस्तो भने, उनले यसो भनिरहँदा ललिता निवास प्रकरणको मुद्दाबारे अदालतले नयाँ आदेश जारी गरेको छ । जसअनुसार प्रमाणका कागजातहरु झिकाउन आदेश दिइएको छ ।

ललिता निवास जग्गा प्रकरणमा अख्तियार देखि अदालत सम्मले चासो लिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रेमकुमार राई प्रमुख आयुक्त भएलगत्तै ललिता निवासको फाइल फेरि खुल्न लागेको हो । राई ओली निकट मानिन्छन् ।

बालुवाटार जग्गा प्रकरणमा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल र डा। बाबुराम भट्टराईविरुद्ध परेको रिटमाथि सुनवाई गर्दै सर्वोच्च अदालतले प्रमाण झिकाउन आदेश दिएको हो । उक्त जग्गा प्रकरणमा अभियोगपत्र दर्ता गर्दाका प्रमाणहरु झिकाउन आदेश दिएपछि अख्तियार त्यसमा लागेको छ ।

ललिता निवास जग्गा प्रकरणमा सरकारी जग्गालाई व्यक्तिको नाममा नामशारी गर्दाको प्रक्रियामा माधवकुमार नेपाल र डा। बाबुराम भट्टराई प्रधानमन्त्री थिए ।

प्रधानमन्त्री ओलीले सोमबार सरकारको तीन वर्षे कार्यप्रगतिबारे बोल्ने क्रममा ललिता निवास जग्गा प्रकरण र मातातीर्थ जग्गा प्रकरणबारे छानविन गरी कारबाही बढाइएको विषय पनि उल्लेख गरेको सकाचार रिपार्टस् नेपालले लेखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button