बैशाख १७ ओलीको पतन दिन हो : रामप्रसाद सापकोटा

नेकपा   प्रचण्ड–माघव समुहका केन्द्रीय सदस्य एवं युवा संघ नेपालका केन्द्रीय संयोजक रामप्रसाद सापकोटा (दिपशिाखा) ले बैशाख १७ मा मध्यावधि चुनाव नभएर प्रधानमन्त्री ओलीको पतनको  दिन भएको बताएका छन् ।

मंगलबार युवा संघ दैलेखले आयोजना गरेको विरोध आमसभामा बोल्दै युवा नेता सापकोटाले सो कुरा बताएका हुन् । बैशाख १७ मा चुनाव हुदैन ।

ओलीको चुनाव गराउने नियत पनि होइन । चुनाव चिन्ह र पार्टी नहुने ओलीले कसरी चुनाव गराउँछन् । 

विधान अनुसार सुर्य चिन्ह हाम्रो हो ,नेकपा हाम्रो हो । जो सँग बढी बहुमत छ ।

सुर्य चिन्ह र पार्टी उसैको हुन्छ । ४४१ जना मध्ये माधव प्रचण्डमा ३०० जना सदस्यको बहुमत रहेको जानकारी दिए । ‘चुनाव चिन्ह र पार्टीको ठेगाना नभएकाले कसरी चुनाव गराउँछन्,’ नेता सापकोटा प्रश्न गरे । ‘बरु बैशाख १७ मा ओली पतन भएर जान्छन् ।

बैशाख १७ को दिन ओलीको पतनको डेट हो,मृत्यु डेट हो,’ उनले भने, ‘प्रधानमन्त्रीलाई कमरेड,स्वच्छ छवि भएका मन पर्दैन । उहाँ ‘बा’ भन्नेलाई  मनपराउँछन् । बा भन्नेहरु सामन्तवादी हुन् त्यो कुरा कम्युनिष्टमा हुदैन । पञ्चमा हुने गर्दछ । ‘

अर्को प्रसंगमा नेता सापकोटाले भने, ‘अख्तियारले पुराना धुलो लागेको फाईल पल्टाउने गरेको भन्दै ओलीले कसलाई हप्काउन खोजेका हुन् ।

आली ज्यू,सबैभन्दा पहिला गोकुल बास्तकोटा र विष्णु पौड्यालको मुख सफा सँग पुछ्नहोस अरु फाईल पल्टाउनु नै पर्दैन । सबै त्यहाँ देखिन्छ ।

ओली र राष्ट्रपतिलाई व्यङ्खग्य गर्दै भने,आजभोली ओलीलाई रातो मन पर्ने छोडिसक्यो,सेतो मनपराउन थाल्नु भएको छ । 

राष्ट्रपति विद्या भण्डारीले कमरेड मदन भण्डारीको याद आउँछ भने,हत्यारा खोज्नुहोस । भण्डारीको याद आउँछकी नाई । कि दोषी सँगै मायाले लुटीपुटी गर्नु हुन्छ ?’

त्यसैगरि विरोध सभामा बोल्दै निवर्तमान प्रतिनिधी सभासदस्य राजबहादुर बुढाले ओली प्रधानमन्त्री सरकारले संविधान, गणतन्त्र, संघियता, समावेशिताको पाना च्यातेर जनतमतको कदर नगरेकोले आन्दोलनमा लाग्नुपरेको बताए ।

उनले भने, ‘हामीले ओलीलाई धेरै सम्झायौं । संविधान र पार्टीको विधानलाई मानेनन् ।’ यदी अबको आन्दोलनमा हामीले हारे ०७२ को संविधानले हार्ने र पुरानो राजतन्त्र टाउको उठाउने मौका पाउने हुँदा असंवैधानिक ओली सरकारका विरुद्ध सबैले एकजुट हुनुपर्ने बताए ।

देशलाई अध्यारो जानबाट रोक्न,नियम विपरित देश जानबाट बच्चाउन युवाहरुको काँधमा रहेकोले आन्दोल सशक्त बनाउने आह्वान गरे 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button