बालकोट पुगेर करिश्माले ओलीसंग यस्तो अनुरोध गरेपछि……

काठमाडौं :

एमाले प्रवेशका लागि करिश्मा मानन्धरले विहीवार अध्यक्ष केपी शर्मा ओली निवास बालकोट पुगेर अनुरोध गर्नुभएको छ । उहाँले भन्नुभयो , ‘म एमाले प्रवेश गर्ने सोचिराख्या थिए । कुराहरु पनि भइरहेको थियो । आज भेट भएर आफ्ना कुरा राखे। अध्यक्षज्यूसँग म एमालेमा आबद्ध हुन चाहन्छु भने।

उहाँले अहिलेको कन्डिसनमा हामीसँग आवद्ध हुन सक्नुहुन्छ भन्नुभयो। कुन दिन गर्ने के गर्ने भन्ने आगामी दिनमा निर्णय गर्छौं।’ करिश्मासँगै बालकोट पुग्नुभएकी एमाले सांसद गंगा चौधरी सत्गौवाले भेटमा समसामयिक विषयमा कुरा भएको बताउनुभयो । उहाँले भन्नुभयो,‘करिश्माजीले भेट्ने इच्छा व्यक्त गर्नुभएको थियो। त्यहीअनुसार भेट भएको हो । केही दिनमै परिणाम देखिन्छ।’

उहाँकाअनुसार औपचारिक रूपमै कार्यक्रम गरेर पार्टी प्रवेशको तयारी रहेको छ। यसअघि करिश्मा तत्कालीन नयाँ शक्ति पार्टीको संस्थापक केन्द्रीय सदस्य हुनुभएको थियो। पछि उनी सो पार्टीमा क्रियाशील हुनुभएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button