पिएसजीका स्पोर्टिङ डाइरेक्टर लियोनार्दोले १६ करोड युरोमा कालियन एमबाप्पेलाई बेच्न नसकिने टिप्पणी गरेका छन् । यसअघि रियल म्याड्रिडले एमबाप्पेका लागि १६ करोड प्रस्ताव गरेको थियो ।
तर, केही शर्तहरु पूरा भएमा उनलाई बेच्न सकिने पनि संकेत गरेका छन् । जसअनुसार २२ करोड पाउने अवस्था निम्तिएमा पिएसजीले बाप्पेलाई बेच्नसक्ने स्पेनिस वेवसाइट मार्काले जनाएको छ ।

लियोनार्दोका अनुसार चार वर्षअघि मोनाकोबाट एमबाप्पेलाई भित्र्याउँदा पिएसजीले १६ करोडभन्दा धेरै खर्चने प्रतिवद्धता जनाएको थियो । पिएसजीले १४ करोड ५० लाख युरो स्थानान्तरणका लागि तिरेको थियो । त्यसैगरी, बाप्पेलाई बेच्ने वा नवीकरण गर्ने अवस्थामा उसले ३ करोड ५० लाख तिर्ने जनाएको थियो ।
यस रकमलाई असुली गर्नका लागि पिएसजीले कम्तिमा एमबाप्पेलाई २२ करोडमा बेच्नुपर्नेछ । यो रकम सन् २०१७ मा नेइमारले बार्सिलोनाका लागि तिरेको रकमभन्दा २० लाखले मात्र कम हो । यसअघि नेइमारलाई पिएसजीले २२ करोड २० लाख युरोमा किनेको थियो, जो विश्व फुटबलकै उच्च स्थानान्तरण रकम हो ।
एमबाप्पेका लागि रियल म्याड्रिडले राख्यो १६ करोडको प्रस्ताव
रियल म्याड्रिडले कालियन एमबाप्पेलाई क्लबमा भित्र्याउने इच्छा निकै अघिदेखि देखाइरहेको छ । तर, औपचारिक प्रस्ताव भने पहिलोपटक टेबल गरेको छ । स्पेनिस वेवसाइटक मार्काका अनुसार रियल म्याड्रिडका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले १६ करोड युरोको प्रस्ताव पिएसजीसामु राखेका हुन् ।
अगस्ट ३१ सम्म यस सिजनको खेलाडी स्थानान्तरणको समयसीमा बाँकी छ । त्यसैले अझै पनि एमबाप्पेलाई क्लबमा भित्र्याउन सकिनेमा पेरेज विश्वस्त छन् ।
एमबाप्पे र पिएसजीबीच केवल १ वर्षको करार मात्रै बाँकी छ । त्यहीकारण राम्रो मुल्य प्राप्त भएका बेला पिएसजीले उनलाई बेच्न पनि सक्छ ।
२२ वर्षीय फ्रान्सेली स्ट्राइकर एमबाप्पे वर्तमान पुस्ताका उत्कृष्ट खेलाडीमध्ये एक मानिन्छन्, फ्रान्सलाई २०१८ को विश्वकप उपाधि जिताउन उनको भूमिका महत्वपूर्ण थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?