सभामुख सापकोटाले राजीनामा नदिए एमालेले महाभियोग पनि लगाउन सक्छ : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटाले राजीनामा दिनुपर्ने बताएका छन् । उनले सभामुखले राजीनामा नदिए महाभियोग लगाउन सकिने पनि बताए । मंगलबार आयोजित पत्रकार सम्मेलनमा उनले  सभामुखको क्रियाकलाप अनुचित रहेको जिकिर गरे ।

अ‍ोलीले सत्ता गठबन्धनले जस्तो राजनीति एमालेले नगर्ने पनि बताए ।  गठबन्धनमा रहेका दलहरु एक्लै चुनावमा जान सक्ने हैसियतमा नरहेको जिकिर गर्दै ओलीले कमजोर भएकैले गठबन्धन खोजेको बताए । ओलीले उनीहरु गठबन्धन बनाएर वा एक्लै जसरी गएपनि त्यसमा एमालेलाई कुनै फरक नपर्ने बताए ।  एमाले एक्लै चुनाव लड्न सक्षम रहेको बताउँदै उनले आउने चुनावको परिणाम पर्खिन आग्रह पनि गरे ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button