
देउवा र ओलीले हात मिलाएपछि माओवादी र एकिकृत समाजवादीमा हलचल, माधव नेपाल कार्यक्रम छोडेर काठमाडौ फर्किए

जसका कारण सत्ता गठबन्धन भत्कने अन्तिम तयारी हुँदैछ । राजनीतिमा यस्तो चलखेल बढेसँगै पार्टीका विभिन्न कार्यक्रमका लागि कैलाली गएका नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल पूर्वनिर्धारित कार्यक्रम छाडेर काठमाडौं आएका छन् ।

माओवादीका अध्यक्ष प्रचण्डले फोन गरेपछि उनी काठमाडौ फर्किएका हुन् । एमसीसीका बारेमा सरकारको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी दल नेकपा एमाले एक हुने अवस्था बन्दै गएपछि माओवादी र एकिकृत समाजवादीबीत हलचल उत्पन्न भएको छ ।
उता देउवा पनि कुनै हालतमा कम्युनिष्ट पार्टीलाई एक हुन नदिने पक्षमा छन् । सत्तारुढ दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको टेलिफोन संवादपछि नेपाल काठमाडौं आउन लागेको उनीनिकट स्रोतले जानकारी दिएको छ ।
नेपालसँगै नेकपा एसका नेता एवम् पर्यटनमन्त्री प्रेम आले र नेतृ गरिमा शाह पनि गएका थिए । उनीहरु हिजो धनगढीमा आयोजित युवा संघ र महिला संघको कार्यक्रममा सहभागी थिए । आज माधव नेपाल पार्टीको बुद्धिजिवी परिषद्को कार्यक्रममा प्रमुख अतिथि हुने कार्यक्रम तय थियो ।



