
एमसीसीकै कारण पार्टी फुट्छ भन्ने मलाई लाग्दैन : रामकुमारी झाँक्री
काठमाडौं :

नेकपा (एकीकृत समाजवादी) सचिव रामकुमार झाँक्रीले सदनमा एमसीसी पेस भएकै विषयले आफ्नो पार्टी नफुट्ने दाबी गरेकी छन् ।

संसदमा एमसीसी पेस भएपछि पार्टीका सम्मानित नेता झलनाथ खनालले विरोध जनाएसँगै नेकपा एस विभाजन हुन्छ भन्ने जिज्ञासामा सचिव झाँक्रीले पार्टी विभाजन नहुने दाबी गरेकी हुन् । एमसीसी पेस गर्ने विषयमा अध्यक्ष माधवकुमार नेपालको पनि सहमति थियो ।
तर, एमसीसीकै कारण नेकपा एस विभाजन नहुने भन्दै झाँक्रीले भनिन्, ‘ एमसीसीकै कारण पार्टी फुट्छ भन्ने मलाई लाग्दैन ।’
नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंह घाइते भएकी छिन् । एमसीसीको विरोध प्रदर्शनका क्रममा उनी घाइते भएकी हुन् ।
प्रतिनिधिसभा बैठकमा एमसीसी पेस हुने भएपछि आइतबार दिउँसो विरोध प्रदर्शनमा सहभागी भएकी उनी घाइते भएकी हुन् ।
एमसीसीको विरोधमा नयाँबानेश्वरमा भएको प्रदर्शनका क्रममा उनी घाइते भएकी हुन् । आइतबार बसेको प्रतिनिधिसभा बैठकमा एमसीसी पेस गरिएको छ ।



