सत्ता गठबन्धनको बैठक जारी : को-को छन् सहभागी ?

काठमाडौं : अमेरिकी सहयोग परियोजना (एमसीसी) बारे छलफल गर्न सत्ता गठबन्धनको बैठक जारी रहेको छ। शुक्रबार बिहान सवा दशबाट सुरु भएको बैठकमा कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा, सञ्चारमन्त्री ज्ञानेद्र कार्की, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’,  एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र झलनाथ खनाल, जनता समाजवादीबाट अशोक राई सहभागी रहेका छन्।

आजको बैठकमा एमसीसी संसदमा प्रस्तुत गर्ने या नगर्ने, एमसीसीबारे पक्ष/ विपक्ष वा साझा धारणा र गठबन्धनको भविष्य के हुने भन्ने विषयमा केन्द्रीत रहेर ‘निर्णायक’छलफल हुन लागेको हो।

आज बिहानै पनि एमसीसीबारे साझा धारणा बनाउन प्रचण्ड, नेपाल र जसपाका उपेन्द्र यादवबीच छलफल भएको  थियो। कांग्रेसबाहेकको बैठकमा एमसीसीलाई पछाडि धकेल्ने विषयमा उनीहरुले छलफल गरेका हुन्। पछिल्लो राजनीतिक घटनाक्रम र नेताहरुको दौडधुप हेर्दा एमसीसीले सत्तागठबन्धन धरापमा परेको संकेत गरेको छ। गठबन्धनभित्र सहमति हुने सम्भावना कमजोर रहेको नेताहरुले बताउन थालेका छन्।

पछिल्लो समय देशमा मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)को विषयमा सत्ता गठबन्धनभित्र ठूलो विवाद चर्किएको छ। एमसीसी संसद्मा टेबल गरी अनुमोदन गर्ने प्रधानमन्त्री शेरबहादुर देउवाको प्रयासमा सत्ता गठबन्धनकै दलले अवरोध गरिरहेका छन्। बिहीबार पनि त्यही क्रम चल्यो। प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनका शीर्ष नेतृत्व र अन्य नेता राखेर दुईपटक छलफल चलाए। तर, सत्ता सहयात्री दलले अडान छाडेनन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button